राट्रिय क्रिकेट टिम सम्मानित

0
1002

काठमाडौँ, मंसीर २० । सशस्त्र प्रहरी बल (एपिएफ)ले विश्वकप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा छनोट भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी, पदाधिकारी र प्रशिक्षकलाई आज नगद पुरस्कारसहित सम्मान ग¥यो ।

logo-of-purwanchal हल्चोकस्थित एपिएफकै प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले टोलीलाई फूलमाला र अबिरले सम्मान गर्दै टिम कप्तान पारस खड्कालाई एकमुष्ट रु चार लाखको चेक हस्तान्तरण गर्नुभयो ।

राष्ट्रिय क्रिकेट टिममा रहेका १५ खेलाडीमध्ये आठ जना एपिएफ क्लबका हुन् ।

कार्यक्रममा एफिएफका अतिरिक्त प्रहरी महानिरीक्षकहरु ठाकुरमोहन श्रेष्ठ, दुर्जकुमार राई, ऋषभदेव भट्टराई, जीवनकुमार थापा र कृष्णकुमार तामाङ्लगायतका अधिकृतहरुहरुको उपस्थिति थियो ।

संयुक्त अरब इमिरेट्समा हालै सम्पन्न विश्वकप टि ट्वान्टी क्रिकेट छनोट प्रतियोगितामा नेपालले हङ्कङलाई पाँच विकेटले पराजित गर्दै पहिलो पटक विश्वकपमा छनोट भएको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here