झापामा १० औं बोर्डर आउट पोष्ट (बिओपी) स्थापना

0
1448

भद्रपुर ।

सशस्त्र प्रहरीले झापामा १० औं बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ । सरकारको स्वीकृत बमोजिम यसबर्ष प्रदेश १ मा २२ वटा बिओपी स्थापना गर्ने योजना बमोजिम सशस्त्र प्रहरीले जिल्लाको कचनकवल गाउँपालिका– ५ स्थित पाठामारीमा बिओपी स्थापना गरेको हो ।

पाठामारीमा स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको आज एक कार्यक्रमका बिच झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र सशस्त्र प्रहरी बल नेपाल, प्रदेश १ बराह बाहिनी मुख्यालयका डिआइजी वंशीराज दाहालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सीमा अतिक्रमण रोक्नुका साथै सीमा सुरक्षालाई थप बलियो बनाउने उदेश्य राखेर सशस्त्र प्रहरीलाई तैनाथ गर्ने सरकारको लक्ष्य रहेको प्रदेश १ बराह बाहिनी मुख्यालयका डिआइजी वंशीधर दाहालले बताए । यसबषए २२ वटा बिओपी स्थापना गर्नु पर्नेमा पाँच वटा स्थापना भइसकेको उनले बताए ।

कचनकवल गाउँपालिकाले पाठामारी बजार क्षेत्रको सरकारी जमिनमा अस्थायी रुपमा बोर्डर आउट पोष्ट निर्माण गरि दिएको हो । ५० जना सशस्त्र प्रहरी अटाउने क्षमता भएको टिनाले बनाएको तीन वटा टहरा गाउँपालिकाले आफ्नै लगानीमा बनाइदिएको छ ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्ने, सीमा अतिक्रमण र अवान्छित गतिविधि रोक्ने सरकारको निती अनुसार जिल्लामा बिओपी स्थापना भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए । यसले जिल्लाको शान्ति सुरक्षाथ प मजबुत हुने उनको भनाई छ ।

प्रहरी निरीक्षकको कमाण्डमा पाठामारी बिओपीमा ५० जना सशस्त्र प्रहरी तत्काल खटाइने सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेटक्वाटर झापाका एसपी रमेश कुमार पाण्डेले बताउनुभयो । उनका अनुसार १४४ दशमलव २ किलोमिटर खुल्ला सिमा क्षेत्रमा १८ वटा बिओपी यस बर्ष स्थापना गरिने छ ।

जसमा १० वटा स्थापना भएका छन । अब ज्यामिगढी, तिरिङ, नकलवदा, सत्तिघटा, पन्थापाडा, महेशपुर, आँपगाछीमा बिओपी स्थापना हुने एसपी पाण्डले बताए । कार्यक्रममा

कचनकवल गाउँपालिका ५ का वडा अध्यक्ष महेशलाल गणेश, प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइराला, सशस्त्र प्रहरी बल ३८ गण हे.क्वा. का दमकका एसपी सुभाष भण्डारी , डिएसपी प्रेम भण्डारी लगायतको उपिस्थती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here