तिम्रो र मेरो जात (कविता)

१९ आश्विन २०७७, सोमबार मा प्रकाशित

तिम्रो धर्मग्रन्थले,
मेरो जातब्रम्हाको पैतलाबाट
जन्मेको शुद्र देख्छभने
हो, म त्यहिशुद्र हो ।
जमिनमाजन्मे
हुर्के र मृत्यु पश्चत
जमिनभित्रै
यो देहलाई बिलिनबनाउछु ।

तिम्रो जात त
ब्रम्हाको शिरबाट उत्पन्न भएको,
त्यसैले
पैतलाको महत्व कहाँ बुज्छौ र !
म जस्तै
जमिन मै हुर्किन्छौ र मृत्यु पश्चात
शरिरलाई खरानी बनाई
पानीमा बगाउछौ
अनि धुवाबनी आकाशमा उड्छौ ।

धर्तिमा
म माटोसंग मिलेर
बिरुवा उमार्दै गर्दा
तिमी हावाको बेगले बहकिन्छौ,
सुर्यको तापले बाफिन्छौ
बादलबनि हावासंग मिलेर
आकाशको उडान भर्छौ ।

तर
खै किन हो ??
धेरै माथी पुगेपछि रुन्छौ,
र तिम्रो आशुले
ती बिरुवाहरुको प्यास बुझाउदै
म पुररिएको चिहानलाई
न्यानो स्पर्श दिदै जान्छौ ।।

तिम्रो
झरी रुपी न्यानो स्पर्शको उर्जाले
रुजेको मेरो चिहान
जब सुर्यको किरणले छुन थाल्छ
तब बिस्तारै बाफबनि
तिमी मिसिएको
हावा अनि बादलमा
म समाहित हुदै गर्दा
एकछिन सोच्छु,
जात र धर्मको पिजडा भित्र
सस्कारको ओभर डोजले
लठिएका मान्छेहरु
कहिले बन्धनमुक्त हुन्छन् होला ???

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here