लैजाउ मेरो प्राण (कविता)

0
671

राम्रो व्यवहारले तिम्रो मन
जित्न नसकुँला
माया गर्छु तिमीलाई
तर किन्न नसकुला
राम्रो व्यवहार त सबै देखाउँछन् ।
तर, हजारमा एकले मात्र अपनाउँछन् ।
तिमीलाई नदेख्दा अब
नजाला मेरा दिनहरु
तिम्रो स्वर मात्र सुनेर
कटाउँदै छु यी लकडाउनका दिन हरु
के गरूँ कसो गरूँ मात्र
चल्छ मनमा
अनेकौं प्रश्नहरु
भयो पुग्यो नचलाउ
यी आँखाले प्रश्नका
बाणहरु बरु शरीर शुद्धै
लैजाउ  मेरा यी प्राण हरु।।

विशाल शर्मा
बिर्तामोड (झापा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here