गायक तथा संगीतकार प्रजित श्रेष्ठको ‘आहै चचहुइ’ सार्वजनिक ( भिडियो )

0
940

मंगल धुनले दशैंको आगमन संकेत गर्छ। गीत संगीतले हरेक पर्व, चाड वा कार्यक्रममा छुट्टै रौनक थप्छ। त्यसैले मंगल धुनसँगै दशैं विशेष विभिन्न गीत सार्वजनिक भैरहेका हुन्छन् ।

यस्तैमा दशैँ तिहारको रमाइलो माहोललाई वर्णन गर्ने ‘आहै चचहुइ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर, शब्द र संगीत गायक प्रजित श्रेष्ठको रहेको छ।

म्युजिक भिडियोमा सलिना कटुवालको साथमा अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ। एजेआर फिल्म्सको छायांकन रहेको यस भिडियोलाई अस्ट्रेलियामा छायांकन गरिएको हो। गायक श्रेष्ठको लगानी र निर्देशनमा तयार पारिएको यस भिडियोलाई गायक श्रेष्ठकै अफिसिएल च्यानल ‘प्रजित श्रेष्ठ’ मार्फत सार्वजनिक गरिएको छ।

दशैँ तिहारको अग्रिम शुभकामना व्यक्त गर्दै गायक श्रेष्ठलेयस भिडियोलाई हेरेर प्रतिक्रिया दिनहुन सम्पुर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here