शिखर साकोसको दशौंं स्थापना दिवस

0
1471

तुलसीप्रसाद निरौला , बिर्तामोड  ।

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले दशौंं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ ।

दशौंं स्थापना दिवसको अवसर पारेर कोरोनाको त्रासलाई मध्यनजर गर्दै संस्थाले क्रण लिएर व्यवसाय गर्ने साना उद्यमीहरुलाई ८ प्रतिशतमा कर्जा लगानी गर्ने संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए ।

त्यस्तै सहकारी विभागको निर्देशन तथा संस्थाको स्थापना दिवसको अवसरमा विहीवारबाट ११.९९ प्रतिशतदेखी १४.७५ प्रतिशत भन्दा बढिमा लगानी नगरिने उनले वताए ।

कोरोना भाइरसको संक्रमणबाट बच्न संस्थाका सदस्यहरुमाझ सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुका साथै चाडपर्व नजिकिए संगै भिडभाड बढ्ने हँुदा इलाका प्रहरी कार्यलयसंगको सहकार्यमा संस्थाका बजार प्रतिनीधिहरुलाई सचेतनामुलक कायृक्रम सञ्चालन गरिने उनले वताए ।

आफ्ना सदस्यहरुलाई सहकारी शिक्षा र डिजिटल शिक्षा प्रदान गरेर प्रविधिमैत्री बनाइने बताउँदै उनले एसएमएस बैकिङ्ग,मोवाईल बैकिङ्गबाट बैंक ट्रान्सफर , वालेट लोड, लोड फन्ट ,क्रेडिट कार्ड पेमेन्ट , कार्डलेस एटिएम , क्युआर भुक्तानी , खानेपानी , विजुलीको विल , इन्टरनेटको विल भुक्तानी, टिभीको विल भुक्तानी , इन्सुरेन्सको भुक्तानी ,हवाई टिकट, सिनेमाको टिकट,व्यालेन्स जानकारी , ऋणको जानकारी , चेकलेस कारोवार ,लगायतका सेवा शिखर एम बैंक एपबाट दिँदै आएको जानकारी दिए ।

 

२०६७ साल असोज २२ गते औपचारिक रुपमा सञ्चालनमा आएको संस्थाले स्थापनाको दशौं वर्षमा आइपुग्दा झापामा अब्बल सहकारी संस्थाको रुपमा आफूलाई स्थापित गर्न सफल भएको संस्थाका अध्यक्ष राउतले बताए ।

विर्तामोडको काँकरभिट्टा रोडमा मुख्य कार्यलय रहेर राजगढ र गरामनीमा सेवाकेन्द्र सञ्चालन गरी माईखोलापूर्व कार्यक्षेत्र बनाएको संस्थामा हाल सात हजार एक सय ९२ जना शेयर सदस्य ,शेयर पूँजी चार करोड ८० लाख ३९ हजार सात सय रुपैयाँ , निक्षेप संकलन ५५ करोड १७ लाख रुपैयाँ र ऋण लगानी ५३ करोड ४० लाख रुपैयाँ रहेको उनले वताए ।

संस्थाले स्थापनाको दशौं वर्षमा आइपुग्दा विर्तामोडको भद्रपुर रोडमा ४ तला सहितको भवन खरिद गरेको बताउँदै अध्यक्ष राउतले कोरोनाको त्रासमा पनि शेयर सदस्यलाई निरन्तर सेवा प्रदान गरिरहेको उनले बताए ।

दशौं स्थापना दिवसको अवसर पारेर लकडाउनको अवधिमा शिखर एम बैंक एपबाट मोवाईल बैङ्किग कारोवार गर्ने शेयर सदस्यहरुमध्ये लक्की ड्र मार्फत शेयर सदस्य साहित्यकार भगवती ढुंगेललाई सामसुङको एम २१ मोवाईल प्रदान गरिएको थियो । उक्त मोवाइल संस्थाकी उपाध्यक्ष ऐश्वर्या पाण्डेले शेयर सदस्य ढुंगेललाई प्रदान गरेकी थिइन् ।

त्यस्तै दशौं स्थापना दिवसको अवसर पारेर संस्थाले अर्जुनधारा –६ कप्तानवारीस्थित अपाङ्ग वालशिक्षा सरोकार केन्द्रमा रहेका अनाथ , अपाङ्गता भएका वालवालिकाहरुलाई खाद्यान्न वितरण गरिएको थियो ।
संस्थाकी उपाध्यक्ष ऐश्वर्या पाण्डेको नेतृत्वमा गएको टोलीले अपाङ्ग वालशिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्णदेव दुलाललाई उक्त सामाग्री वितरण गरेको थियो ।

कार्यक्रमको सहजकिरण संस्थाका व्यवस्थापक लीलानाथ रेग्मीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here