नकुल दाइसँगको उपलब्धिपूर्ण भेटघाट

0
1051

प्रा.डा.गंगाप्रसाद अधिकारी,

म काठमाडौंबाट भद्रपुर गएका बेला नकुल दाइ (नकुल काजी) को घरमा प्रायः पुगेकै हुन्छु । म भद्रपुर पुगेपछि चूडामणि वशिष्ठ दाइ “जौं दाइसँग गफ गर्न” भन्नुहुन्छ, अनि लागिहाल्छौं त्यतै । तीन जना भेला भएपछि लामै गफ हुन्छ, साहित्य, साहित्यिक व्यक्ति, साहित्यिक गतिविधि, सीमा वारपार आदि आदि विषयमा ।

“किन चाउरिइस् मरिच आरुनै पिरोले” भने जस्तै आरुनै पिरोले चाउरिएर भद्रपुरको उउटा कुनो रुँगेर बसेका उच्च स्तरीय साहित्यिक प्रतिभा र वरिष्ठ पत्रकार नकुल दाइ– मेरो मूल्याङ्न हो यो । यस पल्ट ठ्याक्कै त्यही विचार स्वयम् नकुल दाइबाट व्यक्त हुँदा मेरो सोचाइ प्रमाणित भएको अनुभव पनि भित्रभित्रै गरें । “तित्राको मुखै बैरी” भन्छन् नि ! साच्चै मुखै बैरी भएका मान्छे – नकुल दाइरु छुच्चो कुरा गर्ने अनि घोक्रेठ्याक् खाने । कसले देख्न सक्छ त यस्तो मान्छेलाई आजको यो चाकडी चाप्लुसीको जमानामा ! त्यो जमानामा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट अनुवादकमा मासिक सत्र हजार तलब खाने गरी पाएको नियुक्तिलाई प्राज्ञ विजय मल्लको मुखैमा रुयाँकिदिएर हिँड्ने त्यस्तो मान्छेलाई सन्काहा, घमण्डी नभने के भन्छ त दुनियाँले ?

जीवनका सत्तरी वसन्त खाइसकेका नकुल दाइसँग गफ गर्न जानुहोस्, तपाईंको इनर्जी पनि बच्छ नयाँ नयाँ कुरा पनि थाहा पाइन्छ । त्यसैले म पनि त्यहाँ जान पल्केको हुँ । एक प्रकारले भन्दा साहित्य र साहित्यकारबारेका सूचनाका खजानै हुनुहुन्छ नकुल दाइ । त्यस्ता देश खाएका व्यक्तिबाट नयाँ सूचना पाउनु स्वाभाविकै हो । त्यहाँ गएपछि आरुनो बोल्ने पालो कमै मात्र आउने हुँदा बोल्दा खर्च हुने शक्ति त बच्ने नै भयो । त्यहाँ पुगेर बोल्नु भनेको जिज्ञासा राख्नु मात्र हो, कहिले त त्यो काम पनि दाइ आफैं गर्नुहुन्छ– आफैं नयाँ प्रसङ्ग झिकेर । आफू धेरै बोलिरहन नपर्ने अनि केही न केही नयाँ जानकारी पनि पाइने भएपछि के चाहियो र ?

यस पटक म भद्रपुर पुगेकै दिन २०७३ पुस २१ को बेलुकीखेर वशिष्ठ दाइ र म उहाँकोमा पुग्यौं । दाइसँग नमस्कारको आदानप्रदान भयो । उहाँको बैठक कक्षमा बसेपछि रिमा भाउजूले पनि ३००÷३०० एम.एल.चिया र एक प्लेट बिस्किट पस्केर स्वागत गर्नुभयो । चिया छोडिदिँदा त्यो पछि काम नलाग्ने भएकाले धेरै भए पनि चिया सप्पै र बिस्किट एकदुईवटा खाएर डल्लै छोडिदियौं र लाग्यौं नकुल दाइका गफतिर ।

दाइको गफ अरू त के हुन्थ्यो र आरुनै अतीतबारे चर्चा गर्ने नै हो । हामीले त नकुल दाइको अतीतको स्वादिलो मोही पिउँदै नौनी चाहिँ डल्लो पारेर स्मृतिका हर्पेमा पथार्ने न हो ! दाइ कहिले दार्जिलिङ, कहिले खर्साङ, कहिले सिलगडी, कहिले काठमाडौं, कहिले सूधपा, कहिले नेपालका त्रिमूर्ति र अरू पुराना स्रष्टाहरूसम्म पुग्ने । कहिले कहिले कुनै प्रसङ्ग दोहोरिने पनि तर प्रायः भने नयाँ कुरा नै सुन्न पाइने । कहिले कहिले त आफ्नै पनि गोप्य कुरा समेत निर्धक्क भनिदिने !
कुरै कुरामा श्यामकृष्ण श्रेष्ठको प्रसङ्ग आयो । मैले दाइलाई रोक्दै बिचैमा मेरो स्मृतिमा निकै वर्षदेखि गाँठो परेर रहेको एउटा रहस्यबारे जिज्ञासा राखें । कस्तो गज्जब ! यसअघि कैयौं पटकका भेटघाटमा मलाई कोट्याउने सुद्धि नआएको त्यो प्रसङ्गको गाँठो आजै नकुल दाइबाट फुक्नु रहेछ र मेरो मथिङ्गलमा त्यो विषय उक्काउने कुरा फु¥यो ।

२०६५ सालमा जुही प्रकाशनले श्यामकृष्ण श्रेष्ठबारे विशेषाङ्क निकाल्ने निधो ग¥यो र त्यसबारे सङ्कलित सामग्रीको कम्प्युटर टाइपका साथै अनौपचारिक रूपमा सम्पादन कार्यको जिम्मा पनि त्यसका सम्पादक चूडामणि रेग्मी सरले मलाई नै सुम्पनुभयो । त्यही क्रममा इलामको कर्फोकमा २००९ मा नेपाली साहित्यका त्रिमूर्ति लेखनाथ, सम र देवकोटाको समुपस्थितिमा भएको कवि सम्मेलनबारेको श्यामकृष्ण श्रेष्ठको लेख पढ्ने मौका मिल्यो । त्यहाँ श्यामकृष्णले महाकवि देवकोटा सुतेकै ठाउँबाट राती नै गायब भएको रहस्यमय प्रसङ्गको उल्लेख गर्नुभएको रहेछ । नेपाली साहित्यका ती तीन महारथीहरूको खानपान र बसाइको व्यवस्थाका लागि श्यामकृष्ण लगायत केही युवालाई खटाइएको रहेछ । राती अचानक महाकवि ओछ्यानबाट ओढ्ने ओच्छ्याउनेसहित गायब भएको खबर श्यामकृष्णलाई आएछ । नभन्दै गएर हेर्दा खबर सत्य रहेछ । अरू दुइटा खाटमा सुतेका कविद्वय मस्त निदाइरहेका, महाकविको खाट भने रित्तै !

कसो कसो एक जनाको नजर देवकोटा सुतेको खाटमुनि परेछ, लौ ! त्यहाँ त महाकवि देवकोटा पो सिरकमा गुटुमुटु भएर सुतिरहेका ! बोलाउँदा पनि हल्ला हुने । हल्ला गरेर अरूको निन्द्रा बिगार्न पनि भएन ! जसोतसो देवकोटालाई उठाएर बाहिर निकाल्दा त सिरक मात्रै ! खोइ त ओछ्याउने लुगा ? अचम्म !
महाकवि देवकोटाले बाँकी दुई खाटमध्ये एउटालाई तल्लो ओठ चोसो पारेर सङ्केत गर्नुभएछ र भन्नुभएछ “यिनको त्यो फलानो शीर्षकको कविता मैले लेखिदिएको हो ।”

भएछ के भने तीनमध्येका एक कविलाई ओछ्याउने पातलो भएर पटक्कै निन्द्रा परेनछ र “ओछ्याउने पातलो भयो” भन्दै गनगन गरिरहेछन् । देवकोटालाई भने झ्वाँक चलेछ र आरुनो ओच्छ्यान निजलाई नै खापिदिएर आफू सिरकसँग खाटमुनि पस्नुभएछ रिसले मुर्मुरिँदै । अर्का भनिएका व्यक्ति चाहिँ डबल ओच्छ्यानमा घुरिरहेका । व्यवस्थापकहरू देवकोटालाई अर्को बिछ्यौनाको व्यवस्था गरिदिएर फर्केछन् ।

मेरो भने यस प्रसङ्गले दिमागमा गाँठा पा¥यो । तीन कविमध्ये कसलाई ओछ्यान पातलो भएर निन्द्रा लागेन होला ? त्यो त अनुमान भयो । देवकोटा जस्तै सर्वसाधारण लेखनाथलाई ओछ्यान पातलो भएकै कारण निन्द्रा नलागेको पक्कै होइन होला । बरु राजसी खानदानका सम नै ती अर्का व्यक्ति भएको अनुमान सहजै भयो तर देवकोटाले लेखेको त्यो समका नामको कविता चाहिँ कुन होला ? मेरो गाँठो फुस्काइदिने को ? श्यामकृष्ण श्रेष्ठले त्यो कुरा मरिगए खुस्काउनुहुन्न । अरू कसलाई थाहा होला र ?

त्यसबारेको रहस्य कतै बाहिर आउला कि भनेर मैले जुहीको श्यामकृष्ण अङ्कको पूरक अङ्कमा यसबारे छोटो लेख पनि लेखेको थिएँ । तर, आठ वर्षसम्म पनि त्यो गाँठो फुस्केन । मेरो जिज्ञासा सकिँदा नसकिँदै नकुल दाइको मुहारमा अर्कै चमक देखियो । दाइले उत्साहित भएर “ठिक ! त्यो कविता देवकोटाकै हो र समको नाममा छापिएकै हो ।” भन्दै त्यस रहस्यको पर्दाफास गर्नुभयो । त्यो कविता रहेछ समको ‘मृत्युपछिको अभिव्यञ्जना’ भित्र परेको ‘मद’ भन्ने कविता । यस सङ्ग्रहको अङ्ग्रेजी अनुवाद ‘भ्हउचभककष्यल बातभच मभबतज’ भन्ने सङ्ग्रहमा धष्लभ शीर्षकमा पनि सङ्कलित रहेछ ।

नकुल दाइले भने अनुसार २०२४ असार २९ गते नेपाली साहित्य परिषद्ले भद्रपुरमा भानुभक्तको सालिक स्थापना गरेर त्यसको अनावरणको कार्यक्रम राखेको रहेछ । त्यो कार्यक्रममा प्रमुख अतिथिका रुपमा काठमाडौंबाट बालकृष्ण सम र विराटनगरबाट बालकृष्ण पोखरेल, कोषराज रेग्मी, नरेन्द्र चापागाईं, डा. गणेश भण्डारी, सिलीगुडीबाट युवराज काफ्ले– मीनलाल सापकोटालगायतका थुप्रै स्वनामधन्य व्यक्तित्वहरु आएका रहेछन् । तत्काल राजसभा स्थायी समितिका सदस्य पनि रहेका कवि तथा नाटककार समलाई चन्द्रगढी गेस्टहाउसमा बस्ने प्रबन्ध गरिएको रहेछ । त्यहीँ परिषद्का अध्यक्ष डा. हृषीकेश उपाध्यायले भद्रपुरका युवा स्रष्टाहरुको समसँग परिचय गराउने क्रममा नकुल दाइलाई परिचय गराएपछि समसँग नकुल दाइले यही प्रश्न राखेर ¥याख¥याख्ती पार्दा समले अन्कनाउँदै “मेरा कविताहरू कहिले काहीँ गुरुजी (देवकोटा)–ले पनि सारिदिने गर्नुहुन्थ्यो ।” मात्र भन्न भ्याएपछि अञ्चलाधीश मनमोहन मिश्रले “तपाईं यस्ता वाहियात प्रश्न नगर्नुस्” भन्दै नकुल दाइ लगायत सबै युवाहरुलाई बाहिर धपाइदिए रे ! नकुल दाइकै भनाइमा त्यस्ता कागखुट्टे अक्षर लेख्ने देवकोटालाई त्यति राम्रा अक्षर लेख्ने समले कविता सार्न लगाऊन् न देवकोटालाई समका कविता साफी गरिदिने फुर्सद होस्, पुङ् न पुच्छरको कुरा !

यस दिनको मुख्य विषय नै यही भयो । समबारे यति मात्र होइन हामीले अरू अरू पनि निकै सकारात्मक नकारात्मक कुरा काट्यौं र दाइबाट बिदा भयौं– यत्रो समयसम्म गाँठो परेको रहस्यको पर्दा उघारिदिएकोमा दाइलाई मुरीमुरी धन्यवाद दिँदै । मलाई लाग्यो नकुल दाइसँगका भलाकुसारीहरूमध्येको सबैभन्दा उपलब्धिपूर्ण अवसर थियो यो ।
२०७३ पुस २२
भद्रपुर ८, अस्पताल मोड,
बिहान ९ बजे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here