श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ

0
460

खोटाङ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–२ तालखर्कमा आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक ब्याक्ती पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४० बर्षीय छत्रबहादुर गिरी रहेका छन् । गत शुक्रबार विहान ५ बजे गिरीले आफ्नै श्रीमती ४४ बर्षीया ज्ञान कुमारी गिरीको हत्या गरेका थिए ।

आफ्नै घरमा बसिरहेको अवस्थामा विहानी पख उनीहरु बीच घरायसी विषयमा सामान्य बादविबाद हुँदा छत्रबहादुरले एक्कासी मसला पिस्ने लोहोरोले ज्ञान कुमारीलाई कन्चटमा प्रहार गर्दा उनी गम्भीर घाईते भएकी थिईन् ।

घाईते ज्ञानकुमारीलाई थप उपचारको लागी गाडीमा काठमाण्डौ लैजादै गर्दा सोही दिन उनको बाटोमै मृत्यु भएको थियो । यता श्रीमतीलाई लोहोरोले कन्चटमा प्रहार गरेर छत्रबहादुर भने फरार रहेका थिए ।

फरार रहेका उनलाई खोटाङकै एरियामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनी विरुद्ध कर्तब्य ज्यान अन्तरगत मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here