स्थायीरुपमा संरचनामा बाहेक अस्थायीरुपमा कुनै पनि देविदेवताका मुर्ति नराख्न नगरपालिकाकोे आग्रह

0
751

काँकरभिट्टा ।

मेचीनगर नगरपालिकाले स्थायीरुपमा संरचना भएका मठ मन्दिर, गुम्बा, मदरसा, मस्जिद र चर्च बाहेक अस्थायीरुपमा कुनै पनि देविदेवताका मुर्ति राखी पूजा आरधाना स्थल निर्माण नगर्न नगराउन सवैमा आग्रह गरेको छ ।

नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण तीब्र गतिमा फैलिरहेको र मेचीनगरक्षेत्रमा समेत संक्रमितहरुको संख्या बढ्दैं गएका कारण यसको संक्रमण र नियन्त्रणका लागि व्यक्तिगत सावधानी वाहेक संक्रमण नियन्त्रण गर्न अन्य स्थायी उपाय नदेखिएकोे भन्दैं नगररपालिकाले सोमबार सार्वजनिक सूचना जारी गदैं नगरवासीमा यस्तो आग्रह गरेको हो ।

नगरउपप्रमुख मीना पोखरेल उप्र्रेतीले हस्ताक्षर गरेकोे सूचनामा नगरभित्र लाग्ने सवै प्कारका दैनिक हाट बजार, पशु हाट र चाडपर्वका अवसरमा आयोजना गरिने जात्रा, मेला सञ्चालन गर्न नगराउन,स्थायीरुपमा संरचना भएका मठ मन्दिर, गुम्बा, मदरसा, मस्जिद र चर्चमा दैनिक पूजा आराधाना वा अन्य धार्मिक क्रियाकलापका लागि जिम्मेवार एकजना व्यक्ति बाहेक अन्यकोे प्रत्यक्ष सहभागिता हुन नदिन, भारतलगायत तेस्रो मुलुकबाट पीसीआर परीषण गरि होम क्वारेन्टिनमा बसन अनुमती पाएका व्यक्तिहरु कम्तिमा एक हप्ता घर बारिह ननिस्कन, कन्ट्रयाक ट्रेसिङ्गमा परी पीसीआरर परीक्षण गरिएका व्यक्ति पीसीआर रिपोर्ट आउञ्जेलसम्म होम क्वारेन्टिनमा अनिवार्य बस्नसमेत उल्लेख गरिएकोे छ ।

यसैगरी नेपाल भित्रै स्थानीयस्तरमा छोटो यात्राभन्दा लामो यात्रा गरी घर फर्किएका परिवारका सदस्यहर समेत कम्तिमा एक हपता परिवाररका सदस्यहरसँग सामाजिक दुरी कायम गरी होम क्वारेन्टिनमा बस्न आवश्यक व्यवस्था मिलाउन, आवश्यक कामदेखि बाहेक घर बाहिर ननिस्कन, निस्किनु पर्ने अवस्था भए मास्क र सेनिटाइटरको प्रयोग अनिवार्य गरी आफै सुरक्षित हुन, स्थायीरुपमा सञ्चालन हुने पसल तथा होटलहरुकोे सेवा लिदा,दिदा सामाजिकदूरी कायम गर्न, पसल सञ्चालकले मास्क र सेनिटाइटरको प्रयोग अनिवार्य गर्न गराउन, उद्योगधन्दा सञ्चालन गर्दा काभिड १९ संक्रमण नियन्त्रणका लागि नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्ड अनिवार्य पालना गर्न गराउन र चाडपर्वका अवसर परा मान्यजनहरुबाट आशीरवाद लिदाँ दिदाँ बृद्घबृद्घा, सुत्केरी तथा बालबालिका कोेभिड १९ संक्रमणको जोखिममा पर्ने भएको हुँदा सामाजिक दूरी कायम गरी आशीर्वाद लिने दिने व्यवस्था मिलाएर चाडपर्व मनाउन समेत नगरपालिकाले सवैमा आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here