दशैंको अवसरमा ‘चङ्गा उडाउने हो’ गीत सार्वजनीक

0
1285

झापा।

नेपालीहरुको महान चाड वडा दशैंको अवसर पारेर ‘चङ्गा उडाउने हो’ गीत सार्वजनीक भएको छ ।

निरोज लामाको संगीत रहेको उक्त गीतमा लिला शिवाकोटी र किशोर शिवाकोटीको स्वर रहेको छ । गीतमा शब्द कृष्ण उदासिको रहेको छ ।

नेपाली समाजमा रहेका कुरालाई गीतको म्युजिक भिडियोमा देखाइएकोले सबै दर्शक श्रोताले मन पराउने निर्माण पक्षले बताएको छ।

गीतको भिडियोमा भने भिमफेदि गाइज, प्रियाना आचार्य र कमलमनि नेपालको अभिनय देख्न सकिन्छ ।भिडियो के के म्युजिकको आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

भिडियोमा नेपालीहरुको महान् पर्व दशैं तिहारको महत्व र विशेषगरि गाउँघरमा दशैं तिहार कसरी मनाइन्छ भन्ने कुरालाई देखाउन खोजिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here