देवकोटा चौमकमा रक्तदान

0
404

DSC_1098
विर्तामोड,पुस ७ ।  सामाजिक सेवामा युवाहरुको सक्रियता अभिबृद्धि कार्यक्रम अन्तर्गत अर्जुनधारा जेसीज, शनिश्चरे तथा अर्जुनधारा तरुण दलको संयुक्त आयोजनामा शनिश्चरे बजार देवकोटा चौकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रममा ४१ पिन्ट रकम संकलन भएको थियो । नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि मदन बुढाथोकीले रक्तदान गर्दै उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले आफूले २२औं पटक रक्तदान गरिसकेको बताउँदै हालसम्म विज्ञानले समेत रगतको आविष्कार गर्न नसकेकाले जीवन बचाउनका लागि यो भन्दा ठूलो दान अर्को नभएको बताए । कार्यक्रममा जेसीजका राष्ट्रिय उपाध्यक्ष प्रशान्त भण्डारीले जेसीजले आफ्ना कार्यक्रमहरु गर्ने क्रममा विभिन्न संघसंस्थासँग सहकार्य गर्ने क्रममा अर्जुनधारा जेसीजले गरेको कार्य सह्रानीय भएको बताए । उनले समाज कल्याणका कामहरु गर्न सबैको हातेमालो आवश्यक भएको बताए ।
कार्यक्रममा केदारमणी ढकाल, छत्रमणी ढकाल, कृष्णमाया कढुवाल, महेश ढकाल, मिश्राकुमारी राई, राजकुमार भुजेल, विकास खड्का लगायतले रक्तदानको महत्वमाथि प्रकाश पार्दै दाताहरुलाई शुभकामना दिएका थिए । अर्जुनधारा जेसीजका अध्यक्ष इन्दिवर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश नेपाल तरुण दल शनिश्चरेका सभापति शेखर वनले गरेका थिए भने कार्यक्रम सञ्चालन चतुर्भुज काफ्लेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here