खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ

0
526

सुनसरी ।

सुनसरीको धरान–१५ बिशालचोकका ३८ बर्षीय विजयकुमार रोक्का लागूऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन ।

को १० प ६२५९ नम्बरको मोटरसाईकलमा आईरहेका रोक्कालाई विषेश सुराकका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान साम्पाङ चोकबाट नियन्त्रणमा लिएको थियो ।

उनको साथबाट १२ ग्राम ५०० मिलिग्राम लागूऔषध खैरोहिरोईन ब्राउनसुगर र नगद १० हजार ९ सय ६० रुपैयाँ समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका रोक्का विरुद्ध ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here