टीभीएसको एबीएस र स्मार्ट कनेक्ट फिचरसहितको आरटीआर १६०फोर भी मोटरसाइकल

0
864

तुलसीप्रसाद निरौला ,बिर्तामोड।

टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले एबीएस र स्मार्ट कनेक्ट फिचरसहितको आरटीआर १६० मोटरसाइकल सार्वजनिक गरेको छ ।

टीभीएसको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएसको बिर्तामोडका लागी आधिकारिक बिक्रेता पाथिभरा अटोलिंक बिर्तामोडबाट अपाचे आरटीआर १६० फोर भीमा एबीएस र स्मार्ट कनेक्ट फिचर थप गरिएको मोटरसाइकलको सार्बजनिक गरेको हो ।

झापा ११ फुटबल क्लबका टिम म्यानेजर सन्तोष गुरुङले अपाचे आरटीआर १६० फोर भीमा एबीएस र स्मार्ट कनेक्ट फिचर थप गरिएको मोटरसाइकलको सार्बजनिक गरेका थिए । उनले यो मोटरसाइकलको पिकअप राम्रो भएको बताउँदै युवा पुस्ताका लागि उपयोगी भएको जानकारी दिए ।

टीभीएस अपाचे आरटीआर १६० फोर भी नेपालमा निकै सफल मोडलको रुपमा बिक्री वितरण हुँदै आएको जगदम्बा मोटर्सका क्षेत्रीय प्रतिनिधि तीर्थ रिजालले बताए ।

जगदम्बा मोटर्सले यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएकोमा अब स्मार्ट कनेक्ट र एबीएस थप भएर अपाचे आरटीआर १६० फोर भी आएको बताउँदै उनले योसँगै विभिन्न पाँच भेरियन्टमा अपाचे आरटीआर १६० फोर भी खरिद गर्न सकिने जानकारी दिए ।

अपाचे आरटीआर १६० फोर भीमा एबीएस र स्मार्ट कनेक्ट फिचर थप गरिएको मोटरसाइकलका चालकले आफ्नो मोवाइलमा एपमार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गर्न सक्ने कम्पनिले जनाएको छ ।

यो मोटरसाइकलमा एलसीडी डिस्प्ले प्रयोग भएकाले मोवाइलमा हुने कल तथा एसएमएस गतिविधि त्यहाँ हेर्न सकिने र कन्सोलमा रहेको ओडो मिटरमा ट्रिप १ र ट्रिप २ मिटर मोड उपलब्ध रहने बताइएको छ ।

त्यस्तै यसमा विशेषतः रेसिङ ट्रयाकमा प्रयोग हुने फिचर टाइम ल्याप मिटर पनि रहेको छ । चालकले यसमा टप स्पीड मोडको प्रयोगबाट आफ्नो उच्च गति रेकर्ड गर्न सक्ने ,चालकले कुनै पनि समय आफ्नो पहिलेको टप स्पीड रेकर्ड ब्रेक गरेको खण्डमा मोटरसाइकल रोकिँदा उक्त टप स्पीड डिस्प्लेमा देखिने कम्पनिले जनाएको छ ।

त्यसैगरी कम्पनीले यो मोटरसाइकलमा ०–६० रेकर्ड इन्डिकेटर रहेको र उक्त इन्डिकेटरले ० देखि ६० को स्पीड कति समयमा पुग्यो भन्ने रेकर्ड गर्ने बताइएको छ ।

त्यसैगरि नयाँ अपाचे आरटीआर १६० फोर भीमा गियर इन्डिकेटर, लो फ्युल वार्निङ, क्लक, आरपीएम अलर्ट, एबीएस इन्डिकेटर जस्ता फिचर रहेको कम्पनिले जनाएको छ ।

 

 

त्यस्तै नयाँ अपाचे आरटीआर १६० फोर भीमा लिनएंगल, ट्रिप मोड, सर्ट राइड मोड, टर्न वाइ टर्न नेभिगेशन, कलअर्लट मोड उपलब्ध रहेको छ । लिनएंगल फिचर मोटरसाइकल चलाउँदा कति डिग्रीमा मोटरसाइकल लिन भयो, कति आरपीएमा गियर चेन्ज भयो जस्ता रेकर्ड हेर्न सकिन्छ । बिशेषतः यो फिचरले नयाँ राइडरलाई आफ्नो राइडिङ क्षमता विकास गर्न मद्धत गर्छ ।

यस्तै यसमा रहेको ट्रिप मोडले चालकले लामो यात्रा गर्दा पार गरेको दुरी, प्रयोग गरेको रुट लगायतका धेरै सूचना राख्न मद्धत गर्छ । यस्तै सर्ट राइड मोडमा एक पटक इग्निसन अफ गर्दा सम्मको सूचना यसले राख्छ ।मोवाइलमार्फत टर्नवाइटर्न नेभिगेशन प्रयोग गर्न सकिन्छ । स्मार्ट कनेक्ट मार्फत मोवाइलमा आएको म्यासेज तथा कल कन्सोलमा देख्न सकिन्छ ।

नयाँ अपाचे आरटीआर १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । यसमा रहेको इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ ।पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ । आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रतिघण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्ने बताइएको छ ।

नयाँ सार्वजनिक भएको एबीएस र स्मार्ट कनेक्टसहितको आरटीआर १६० फोर भीको मूल्य ३ लाख पाँच हजार नौ सय रुपैयाँ कायम गरिएको कम्पनिले जनाएको छ । त्यसैगरी नयाँ सार्वजनिक भएको कनेक्ट फिचर मात्र उपलब्ध मोटरसाइकलको मूल्य दुई लाख ९४ हजार नौ सय रुपैयाँ र सिंगल डिस्क कनेक्ट फिचरसहितको मूल्य दु्ई लाख ७४ हजार नौ सय रुपैयाँ रहेको कम्पनिले जनाएको छ ।

यसअघि बिक्री गर्दै आएको सिंगल डिस्क भेरियन्टको मूल्य २ लाख ७२ हजार नौ सय रुपैयाँ , डबल डिस्क भेरियन्टको मूल्य दुई लाख ९० हजार नौ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्स प्रालिको देशभर रहेका सयभन्दा बढी सेल्स, सर्भिस र स्पेयर पार्टस्को सेवा दिने सेन्टरहरुबाट नयाँ मोटरसाइकल बिक्रीका लागि राखिएको जनाइएको छ ।

यसैबीच टीभीएसको बिर्तामोडका लागी आधिकारिक बिक्रेता पाथिभरा अटोलिंक बिर्तामोडबाट अपाचे आरटीआर १६० फोर भीमा एबीएस र स्मार्ट कनेक्ट फिचर थप गरिएको मोटरसाइकल सार्वजनिक भएकै दिन चारवटा मोटरसाइकल विक्री गरिएको बताइएको छ ।

कार्यक्रममा पाथिभरा अटोलिंकका सञ्चालक याम कार्की , सजेश शिवाकोटी, विपिन वस्नेत , नेपाल अटो मेकानिक ट्रेड युनियन मोटरसाइकल इलाका कमिटी बिर्तामोडका संस्थापक अध्यक्ष दिपेश वस्नेत, लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here