रहिनन् राममाया

0
822

बिर्तामोड।

वीरता जेसीज बिर्तामोडका वर्ष २००५ का अध्यक्ष प्रमेश हलवाईलाई मातृशोक परेको छ । प्रमेशकी माता राममायाको आइतवार काठमाडौंमा ७८ वर्षको उमेरमा निधन भएको हो ।

सामाजिक, साहित्यिक गतिविधिमा समेत सक्रिय राममायाका पति थिरबहादुरको वि.सं. २०६६ मा निधन भएको थियो । भोजपुरलाई कर्मक्षेत्र बनाएकी राममाया पछिल्लो दुई दशकभन्दा बढी समेदेखि बिर्तामोडमा बस्दै आएकी थिइन् । व्यवसायिक रुपले पनि अग्रणी रहेकी राममाया नेवाः पासा मुनः पुचकी पूर्व अध्यक्षसमेत हुन् ।

स्व.राममायाका दुई छोरा बुहारी सुशील –दुर्गा, प्रमेश–अनिता र छोरीहरु तीर्थकुमारी, सूर्यकुमारी, शारदादेवी, सुभद्रा, दुर्गा, मञ्जु र सिर्जना लगायत २० नातिनातिना रहेका छन् ।

सफल व्यवसायी जेसीज अभियानका अभियन्ता, उत्कृष्ट नागरिक सम्मान समारोह –२०७४ का संयोजक प्रमेश लगायत शोक सन्तप्त परिवारजनप्रति पूर्वाञ्चल दैनिक परिवार समवेदना प्रकट गर्दछ । साथै दिवंगत आत्माको चिरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here