खेमराजलाई कटुवाल परिवारको सहयोग

0
733

झापा ।

सवारी दुर्घटनामा परेर उपचार अभावमा ओछ्यान परेका झापा बिर्तामोडका खेमराज श्रेष्ठलाई झापाकै लक्ष्मीपुरका पाँच दाजुभाईले आर्थकसंगै खाद्यन्न सहयोग गरेका छन् ।

लक्ष्मीपुरका महेश, अर्जुन, जीतेन्द्र, सुरेन्द्र र राजन कटुवालले खाद्यन्न चामल, तेल, नुन, चिनी लगायतका सामग्री सहित ४५ हजार रुपैंया नगद रकम हस्तान्तरण गरेका छन् । चाडपर्व नजिकिएसंगै आर्थिक आभव भएर उपचार नभएको तथा श्रेष्ठको परिवारलाई संकट परेको थाहा पाए लगत्तै सानो सहयोग गरेको कटुवाल दाजुभाईले जनाएका छन् ।

झापाबाट काठमाण्डौंका लागि छुटेको ना ५ ख ४६८८ नम्बरको बस मुङलिङमा रोकि राखेको ट्रकमा ठक्कर खाँदा आफु सक्क्त घाइते भएका चालक खेमराज श्रेष्ठले अहिले ओछ्यान परेका छन् । पूर्वाञ्चल दैनिक सहित विभिन्न सञ्चार माध्यमा श्रेष्ठको अवस्थाको विषयमा समाचार प्रकाशन भएपछि सहयोग गर्नेहरु बढ्दै गएका छन् ।

दुर्घटनामा परेर श्रेष्ठको गर्धनको हड्डी भाँचिएको र उपचारपछि गर्धनको हड्डी ठीक भएपनि हाल शरीरको कम्मरमुनीको भाग र हातखुट्टाका अम्लाहरु पनि चल्न छोडेको बसचालक श्रेष्ठका बुबा भक्तशेर श्रेष्ठले बताए ।

बसचालक श्रेष्ठको उपचारका लागि हालसम्म १५ लाखभन्दा वढी रकम सकिएको बताउँदै भक्तशेरले बस कम्पनि र बीमाले केही रकम दिएपनि अरु रकम साथीभाइ र साहुसंग ऋण काढेर छोराको उपचार गर्दै आएको उनले वताए ।

छोराको उपचार गर्दागर्दै भएको सम्पति समेत सकिएको र छोराको उपचारमा सहयोग गर्न सवैलाई आग्रह गरेका छन् । उपचारमा सहयोग गर्न चाहनेले एनसीसी वैंक विर्तामोड शाखामा रहेको भक्तशेर श्रेष्ठको नाममा रहेको खाता नं.०१५००००६७९११० मा रकम जम्मा गरिदिनु हुन वा मोवाइल नं. ९८१५००४२५० मा सम्पर्क गर्नुहुन परिवारले सवैसंग आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here