बिर्तामोडमा दि रोयल सटिङ एण्ड सुटिङ

0
1120

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

नेपालीहरुको महान पर्व दशैंलाई नयाँ कपडा लगाउने र मिठो परिकार खाने चाडपर्वको रुपमा मनाइन्छ । दशैंमा नयाँ कपडा लगाउन पहिले –पहिले ग्राहकले एक महिना अघिदेखि नै तयारी गर्नुपथ्र्यो । टेलरिङ मास्टरले सर्ट ,पेन्ट , सुट , दौरासुरुवाल ,कोट तयार गर्न हप्तौं समय लगाउँथे । तर ,अहिले कपडा सिलाउने शैली फेरिएको छ । कपडा सिलाउने शैली फेरिए संगै ग्राहकलाई समेत सजिलो भएको छ ।

 

पछिल्लो समय कपडा सिलाउने शैलीमा परिवर्तन आएसंगै सटिङ सुटिङ व्यवसाय सञ्चालन गर्नेक्रम समेत बढेर गएको छ । यसैक्रममा झापाको विर्तामोडमा दि रोयल सटिङ एण्ड सुटिङ सञ्चालनमा आएको छ ।
विर्तामोडको काँकरभिट्टा रोडस्थित सिटीसेन्टरमा लिलानाथ रेग्मी र मोहम्मद तजमुल अन्सारीले दि रोयल सटिङ एण्ड सुटिङ सञ्चालनमा ल्याएका हुन् ।

झापा बाहदशी –७ का लिलानाथ रेग्मी र बिर्तामोड –५ का मोहम्मद तजमुल अन्सारीले ६० लाख रुपैयाँको लागतमा दि रोयल सटिङ एण्ड सुटिङ सञ्चालनमा ल्याएका हुन् ।

युवामा वढ्दो सुट र दौरा सुरुवालको क्रेजलाई ध्यानमा राखी दि रोयल सटिङ एण्ड सुटिङ सञ्चालनमा ल्याएको सञ्चालक लिलानाथ रेग्मीले बताए ।

 

चाडपर्वलाई लक्षित गरी सवै उमेर समूहका ग्राहकलाई सर्ट ,पेन्ट , सुट , दौरासुरुवाल ,कोटको ब्राण्डेड कपडा दक्ष डिजाइनरबाट डिजाइन गरी ग्राहकको आवश्यकता अनुसार दक्ष कालीगढबाट सिलाएर तयार पारी उपलव्ध गराइने उनले बताए । त्यस्तै महिलाको गाउन ,लेहेङ्गा, साडी, कुर्ता ,सलवार , कुर्तीका कपडा , वुटिकका सामान उपलव्ध गराइने उनले बताए ।

त्यस्तै विवाह, पार्टी, स्कुल, कलेज ,सहकारी संस्था , बैंक, सरकारी कार्यालय प्रयोजनका लागी सर्टसुटहरु लयायतका ब्राण्डेड कपडा दक्ष डिजाइनरबाट डिजाइन गरी ग्राहकको आवश्यकता अनुसार दक्ष कालीगढबाट सिलाएर तयार पारी उपलव्ध गराइने उनले बताए ।

 

रेमण्ड, सियाराम,विमल ,काडिनी , लगायतका ब्राण्डेड कम्पनीका कपडाहरु बिक्री भइरहेको बताउँदै उनले ग्राहकको चाहना अनुसारको कपडा बिक्रीसहित दक्ष तथा अनुभवी कालिगढबाट कपडा सिलाई गरिने उनले बताए ।

त्यस्तै दि रोयल सटिङ एण्ड सुटिङका अर्का सञ्चालक मोहम्मद तजमुल अन्सारीले ३५ वर्षदेखि आफू यहि व्यवसायमा आवद्ध रहेको बताउँदै लामो समयदेखिको व्यवसायिक अनुभवलाई दि रोयल सटिङ एण्ड सुटिङमा निखार्ने बताए ।

आफूहरुले ग्राहकलाई ब्राण्डेड कम्पनीका कपडाहरु उपलव्ध गराउने बताउँदै उनले ग्राहकलाई सन्तुष्ट बनाउने मुख्य उद्देश्य रहेको बताउँदै ग्राहकले कुनै गुनासो गरे तत्काल समाधान गरिने वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here