प्रधानमन्त्रीद्वारा सांसद पहाडीको निधनप्रति दुःख व्यक्त

0
1068

काठमाडौँ, 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सानु शिवा पहाडीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

“हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ”, सामाजिक सञ्जाल ट्वीटरमा उहाँले भन्नुभएको छ, “उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

लामो समयदेखि मिर्गाैला र मुटुको समस्याबाट पीडित उहाँको आज उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको हो ।

उहाँ २०७४ सालमा भएको निर्वाचनमा समानुपातिकतर्फ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट सङ्घीय संसद्मा निर्वाचित हुनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here