दुर्घटनामा एक हजार ७२७ को मृत्यु

0
387

images

 न्होमपेन्ह, पुस १० । कम्बोडियामा सन् २०१३ को सुरुको ११ महिनामा महिनामा सडक दुर्घटनामा कम्तीमा एक हजार ७२७ जना व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कमा जनाइएको छ ।

सो दुर्घटनाको सो सङ्ख्यामा गत वर्षको सोही समयको तुलनामा ०.५ प्रतिशतले कमी आएको पनि त्यहाँको नागरिक कार्य र यातायात मन्त्रालयले बुधबार जनाकारी दिएको छ ।

गतवर्षको जनवरीदेखि नोभेम्बरसम्म ३ हजार ९३४ सडक दुर्घटना भएको सो मन्त्रालयले जनाएको छ । उक्त सङ्ख्या भने गत वर्षको तुलनामा ०.७ प्रतिशत बढी भएको बातइएको छ ।

गतवर्ष सोही समयमा तीन हजार ९०५ वटा सडक दुर्घटना भएको सो मन्त्रालयले प्रष्ट पारेको छ । यसैगरी यस वर्षको नौ महिनाभित्रमा ६ हजार ४९० व्यक्तिको ती सडक दुर्घटनामा घाइते भएका पनि मन्त्रालयले जानकारी दिएको छ ।

यो सङ्ख्या पनि गत वर्षको सोही अवधिको तुलनामा ०.४ प्रतिशतले कमी आएको बताइएको छ । गतबर्ष सोही अवधिमा ६ हजार ८०० व्यक्ति घाइते भएका यातायात मन्त्रालयका निर्देशक प्रआप चान भिबोलले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here