आउटफिटले गर्यो १२ हजारलाई सेवा

0
667

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

झापाको विर्तामोडस्थित मेगा कम्प्लेक्समा रहेको आउटफिट फेसन टेक्सटायल एण्ड टेलरिङ सेन्टरले ५२ जना विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक प्रदान गरेको छ ।

 

स्थापनाको चौथो वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको आउटफिट फेसन टेक्सटायल एण्ड टेलरिङ सेन्टरले हालसम्म वाह् हजार भन्दावढी ग्राहकलाई सेवा प्रदान गरेको सञ्चालक रमेश परियारले जानकारी दिए ।

आउटफिट फेसन टेक्सटायल एण्ड टेलरिङ सेन्टरले स्थापनाको पहिलो वर्ष मोरङको उर्लाबारीस्थित सुन्पकुवा माविमा अध्ययनरत् १० जना, ,दोस्रो वर्ष विर्तामोडस्थित देवि माविमा अध्ययनरत् २५ जना र तेस्रो वर्ष विर्तामोडको वुट्टावारीस्थित सरस्वति माविमा अध्ययनरत् १७ जना गरी ५२ जना विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक प्रदान गरेको उनले जानकारी दिए ।

प्रत्येक वर्ष विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक प्रदान गरिएपनि यस वर्ष कोरोना कहरका कारण पोशाक वितरण नगरिएको उनले वताए ।

टेलरिङ व्यवसायसंगै सामाजिक कार्यमा सक्रिय आउटफिट फेसन टेक्सटायल एण्ड टेलरिङ सेन्टरले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक प्रदान गरेको सञ्चालक परियारले बताए ।

आउटफिट फेसन टेक्सटायल एण्ड टेलरिङ सेन्टरमा लेडीज र जेन्सका सम्पुर्ण कपडाहरु पाइनुका साथै आफ्नो रोजाइ अनुसारको पहिरनहरु डिजीटल मेसिनद्वारा सिलाइ गरी ग्राहकलाई प्रदान गरिने अर्का सञ्चालक उमेश परियारले जनकारी दिए ।

स्थापनाको चौथो वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको अवसरमा आउटफिट फेसन टेक्सटायल एण्ड टेलरिङ सेन्टरले आउटफिट उपहार योजना  सार्वजनिक गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here