पूर्व नेपाल च्याम्पियनद्धोय पराजित

0
390

उत्तम रिजाल

logo-of-purwanchalदमक,पुस ११ । झापाको दमकमा संचालन भइरहेको सुदन प्रसाई स्मृती तेस्रो ध्रुबतारा अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो राउण्डमा नेपाल च्याम्पियनद्धोय बद्रीलाल नेपाली र सुरवीर लामा पराजित भएका छन् ।

तीन पटकका च्याम्पियन २२ सय ८७ रेटेड नेपाली इण्डीयाका एक हजार ९४ रेटेड कविराज देवजितसँग पराजित भएका हुन् । उपाधी दावेदार नेपाली उन्नाइस औं चलाइमा निराश भएका थिए । त्यस्तै २२ सय ६२ रेटेड लामा आँफु भन्दा एक हजार ९ सय ९९ रेटिङ्ग तलका हिमाल लामासँग स्तब्ध भए । एक हजार ४ सय ४४ रेटेड नेपालका दिवन्सु घिमिरे इण्डीयाका अन रेटेड सौरभ सुब्बासँग चित खादा टप रेटेड इण्डीयाका विपुल सुभाषीले भने नेपालका राजन सुबेदीमाथी कठिन जीत हात पार्दै आफ्नो अपराजित यात्रा जारी राखेका छन् । २१ सय ३० रेटेड नेपालका मदनकृष्ण कायस्थले इण्डीयाका उन्नाइस सय १४ रेटेड रन्जन रुपेशलाइ माथ दिदा दमकका २ हजार १२ रेटेड भुपेन्द्र निरौला निरज भने १७ सय ५९ रेटेड सुमन श्रेष्ठसँग बराबरीमा रोकिए ।  फिडे मास्टर मनिष हमालले इण्डीयाका १८ सय ८४ रेटेड राकेश गुरुङ्गलाइ, १९ सय ६४ रेटेड नविन तण्डुकारले इण्डीयाकै १६ सय १८ रेटेड राहुल गुरुङ्गलाइ, २ हजार ४६ रेटेड कृष्ण थापाले नेपालकै १७ सय ७२ रेटेड नविन कुमार चौधरीलाइ ,२ हजार १० रेटेड रुपेश जैशवालले १६ सय ५४ रेटेड अमिर राइलाइ , हिमाल राइले अमेरिकाका सी विभरलाइ र दमकका प्रकाश नेपालले इण्डीयाका प्रिया क्षेत्रीलाइ पराजित गर्दै आफ्नो खातामा थप एक–एक अंक थपेका छन् । दमकका देवराज गजमेर र निश्चल काफ्लले पनि तेस्रो राउण्डमा जित हात पार्दा ज्ञानेन्द्र पराजुली बसन्त थापासँग पराजित भए । विहीवार सम्पन्न तेस्रो चरणमा इण्डीयाका दिनेश क्षेत्रीसँगै विशाल श्रेष्ठ,अमन कोइराला,रमेश गुरुङ्ग,भक्त निङ्गलेखु , रोहित गुरुङ्ग,भवानी लिम्बु , उमेश राई , गोविन्द खड्का,मनोज विके,कृष्ण बहादुर लिम्बु र राजेन्द्र लोङ्गवाले जित हासिल गरेका छन् । आज चौथो र पाँचौ राउण्डका खेलहरु हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here