मेचीनगरका युवा पत्रकारको दशैं कोसेली “खबरमञ्च”

0
874

बिर्तामोड।

कोरोना कहरका कारण मिडिया क्षेत्र संकटमा छ । तर, यो संकटलाई सामना गर्दै मेचीनगरका युवा पत्रकार दशैंको कोसेली प्रकाशन गरी वितरण गरिरहेका छन् । कोसेली हो– खबरमञ्च पर्व विशेषांक २०७७ (म्यागेजिन) ।

प्रधान सम्पादक झुलन रेग्मी नेतृत्वको टीमले खबरमञ्चमार्फत् गरेको प्रयास प्रशंसनीय छ । म्यागेजिनको सम्पादक÷प्रकाशक प्रकाश पौडेल, कार्यकारी सम्पादक विमर्श उप्रेती र फोटो पत्रकार उत्तम पौडेल रहेका छन् ।

म्यागेजिनको आवरण÷लेआउट सुशन मिडिया प्रा.लि. बिर्तामोडका सञ्चालक पत्रकार सन्तोष शर्माले गरेका छन् ।
आकर्षक साजसज्जा र पठनीय सामग्री रहेको म्यागेजिन ६० पृष्ठको रहेको छ । मेचीनगरको सेरोफेरोमा केन्द्रित रहेर ‘जनताका वडा नायक’ शीर्षकमा १५ वटै वडाका गतिविधि र योजनाको चिनारी दिइएको छ ।

मोडल रचना सिटौलाको रुचीबारे प्रस्तुतिसँगै अन्य पठनीय सामग्रीहरु खबरमञ्चले पर्व विशेषांकमा समेटेको छ । ज्ञानबद्र्धक लेखका साथ गीत–संगीत, समाजसेवा, स्वास्थ्य, कृषि, उद्यम, पर्यटन, शिक्षा, खेल, सहकारी लगायतका विषय र क्षेत्रलाई रोचक ढंगले खबरमञ्चमा समेटिएको छ ।

खबरमञ्च टिम भन्छ– ‘यो हाम्रो दशैं कोसेशी र पहिलो प्रयास हो । यसलाई हामी निरन्तरता दिने जमर्को गरिरहेका छौं ।’ मेचीनगरका युवा पत्रकारको यो प्रयासले झापाली पत्रकारिताको क्षेत्रमा एउटा इँटा थपिनुका साथै क्रियाशील अरु पत्रकारका लागि थप ऊर्जा प्राप्त हुन सक्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here