झापामा चिसो वढ्यो

0
348

logo-of-purwanchalविगत तीन दिनदेखि झापामा शीतलहरको प्रकोपले जनजीवन प्रभावित बनेको छ ।

बाक्लो कुहिरोका साथ चिसो हावा चल्नाले जनजीवन प्रभावित बनेको हो । शीतलहर व्यापक रुपमा बढेपछि सबैभन्दा बढी बालबालिका, जेष्ठ नागरिकका साथै घरपालुवा जनावरसमेत जाडोको चपेटामा परेका छन् ।

बिहानको समयमा बालबालिकालाई विद्यालय जानुपरेकाले त्यस्ता विद्यार्थी बढी मारमा परेका हुन् । जिल्लाका विभिन्न चोक बजारमा सर्वसाधारणहरु जाडो छल्नका लागि आगो बालेर ताप्दै गरेको देखिन्छन् ।

अप्रत्यासित रुपमा एक्कासि जाडो बढेपछि यसको असर यातायात क्षेत्रका साथै सरकारी कार्यालयमा पनि परेको छ । सार्वजनिक यातायातमा बिहानको समयमा यात्रुको चाप अत्यधिक घटेको छ भने सरकारी कार्यालयमा आउने सेवाग्राहीको चाप पनि पातलिएको देखिन्छ ।

जिल्लाका विभिन्न चोक बजारका चिया पसलकोे बिक्री ह्वात्तै बढेको छ भने न्यानो कपडाको बिक्री पनि बढेको देखिन्छ । जाडोका कारण गाई र भैँसीको दूधमा करिब ३० प्रतिशतले कमी आएको दूध व्यवसायी बाबुलाल सहनीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here