समाज रुपान्तरणको सारथी सहारा

0
1357

झापा ।

सहकारिताको मूल्य,मान्यता, आदर्श र सिद्धान्तमा आधारित धेरै सहकारी संस्था स्थापना भएका छन् । यस्तै उद्धेश्यका साथ झापाको विर्तामोडमा स्थापित साहारा नेपाल बचत तथा ऋण सहाकारी संस्था (साकोस) पनि एक हो ।

यो संस्था अन्य सहकारी भन्दा भिन्न कार्यक्रमका साथ आफ्ना शेयर सदस्य सामु प्रस्तुत हुने गरेको छ । शेयर सदस्यवीच दिइने सेवा सुविधा जस्ता क्षेत्रमा यसले विविधकरण गर्नु, समय र समुदायको माग अनुसार आफ्ना गतिविधिमा विविधिकरण गर्नु यसको मुख्य विशेषता हो ।

यसले आफ्ना शेयर सदस्यका आवश्यकता पुरा गरि राष्टको विकास र सम्वृद्धिका पर्खालमा इटा थप्ने कार्य मात्र गरिरहेका छैन, सवै प्रकृतिका शेयर सदस्यलाई बहुआयामिक सहयोग र सेवा पुर्याइरहेको छ । यस संस्थाले स्थापनाको छोटो समयमै सवै किसिमका शेयर सदस्यको जीवनको समग्र क्षेत्रमा उल्लेख्य सेवा र सहयोग प्रवाह गरिरहेको छ ।

संस्थाले आफुले अवलम्वन गर्ने दृष्टिकोण बर्तमान सरकारको लागि समेत प्रेरणाको स्रोत वनेको छ । यसले समाज रुपान्तरणका क्षेत्रमा गरिरहेका धेरै जसो प्रत्यक्ष वा अप्रत्यक्ष कार्यहरु राज्यलेका लागि समेत मार्गदर्शन भएको सहारालाई नजिकबाट नियाल्ने जनप्रतिनिधिहरु नै बताइरहेका छन् ।

सहारा नेपाल साकोसले झापा जिल्लामा मात्र होइन पूर्वका अधिकांश जिल्लामा शाखा कार्यालय स्थापन गरि सेवा विस्तार गरिरहेको छ । केन्द्रीय कार्यालयको नीति, निर्देमशन दुष्टिकोणकै आधारमा गाउँ गाउँसम्म पुगेका यसका शाखाले कृषि, पशुपालन, व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, लगायतका जन्मदेखि मृत्युपर्यन्तका विविध क्षेत्रमा दर्जनौ गतिविधि संचालन गर्दै आएको छ ।

मानवीय मनोरन्जनका क्षेत्रदेखि दुख र वेदनाका साथै जीवन पद्धतिलाई सधै अघि बढाउने सारथीको रुपमा रहेका संस्थाका शाखाहरु मध्ये अर्जुनधारा नगरपालिका प ५ लक्ष्मीपुर स्थित सहाराने नेपालको सेवा केन्द्रले यस वर्ष मात्र विभिन्न ३८ वटा सामािजक गतिविधि सम्पन्न गरेको छ । समय परिस्थिति र स्थानीय आवश्यकताका आधारमा कार्यक्रम संचालन गर्दै आएको यस शाखा बृद्धको सहारा समेत वनेको छ । ७५ वर्ष उमेर नाघेका आफेना शेयर सदस्यलाई प्रतेक वर्ष चार वर्षसम्म परिवार सहायताको नामबाट वार्षिक एक लाख नगद प्रदान गर्र्दै आएको छ । यस वर्ष लक्ष्मपिुर सेवा केन्द्रले आफ्नो क्षेत्रका दुई जना ७५ वर्ष उमेर पुरा भएका जेष्ठ सदस्य मेघराज चौहान र लेखनाथ दाहाल लाई एक लाख नगद सहित सम्मान गरेको छ ।

सेवा केन्द्रको कार्यलयमा आयोजित एक कार्यक्रममा कनकाइ नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले सो रकम हस्तान्तर गर्दै सहाराको गतिविधिलाई मुक्तकण्ठले प्रंसंशा गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोखरेलले सहारा शेयर सदस्यको सहारा मात्र नभएर समग्र विकासको मार्गदर्शक संस्था भएको वताएका छन् । उनले भने, हामीले समाज विकास र रुपान्तरणको अभियानमा रहेका अभियन्ताले समेत सहाराको समाज रुपान्तरण र परिवर्तनको मोडल सिक्नुपर्ने वताए ।

सेवाकेन्द्र सहयोग समितिका संयोक केदार समशेर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सहाराका उपनिर्देशक लक्ष्मण खतिवडा, अनुगमन अधिकृत घनश्याम राय लगायतको आतिथ्य रहेको थियो । सेवाकेन्द्रका खगेन्द्र निरौलाले संचालन गरेको कार्यक्रममा सेवाकेन्द्र प्रमुख उमेश भारतीले कार्यक्रममाथि प्रकाश पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here