करेन्ट लागेर नेपाली सेनाका जवानको मृत्यु

0
728

तेह्रथुम।

तेह्रथुमको आठराई–५ होडाका २६ बर्षीय राजन बराईलीको करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै घर अगाडी रहेको बिजुलीको ट्रानसमिटरबाट आफुखुसी कालो तार जोड्ने क्रममा बराईलीलाई करेन्ट लागेर भुईमा खस्दा उनी वेहोस भएका थिए ।

वेहोस भएका बराईलीलाई उपचारार्थ लाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

मृतक बराईली सिराहा शेर गणमा कार्यरत नेपाली सेनाको जवान रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here