बिर्तामोडलाई अपराध मुक्त बनाउन होटल व्यवसायी र प्रहरी मिलेर अघि बढ्ने प्रतिबद्धता

0
1138

नरेन्द्र ढकाल,झापा ।

चाडपर्वलाई शान्ति र सुरक्षित रुपमा मनाउदै बिर्तामोडलाई अपराध मुक्त बनाउन होटल ब्यवसायी र प्रहरी मिलेर अघि बढ्ने साझा प्रतिबद्धता जनाएका छन् ।

बिर्तामोडमा रहेका होटल ब्यवसायी र इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले अपराध रोक्न सबैको सामुहिक प्रयासले मात्रै सफल हुने भन्दै मिलेर अघि बढ्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।

चाड पर्व र कोरोनाको संक्रमण बढी रहेका बेला कसरी अघि बढ्न सकिन्छ भन्दै शुक्रबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले बेलुका ८ बजेदेखि गरेको निषेधाज्ञाका कारण आफुहरुको ब्यवसाय धरासायी बनेको गुनासो गरे ।

कार्यक्रममा बोल्दै होटल हाइपका सञ्चालक मिक्की कार्कीले कोरोनाका कारण ६ महिनासम्म बन्द भएको होटल सञ्चालनमा नआउँदै जिल्ला प्रशासन कार्यालय झापाले बेलुका ८ बजेदेखि गरेको निषेधाज्ञाले आफुहरु झनै मारमा परेको बताए । उनले होटल ब्यवसायलाई १० बजेसम्म सञ्चालन गर्न दिनुपर्ने बताउँदै होटलमा हुने अपराध रोक्न प्रहरीलाई सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

त्यस्तै तामा नेपाली भन्सा होटलका सञ्चालक आशिष वनले होटलमा हुने विकृति रोक्नका लागि प्रहरीलाई सहयोग गर्न तयार रहेको बताए । उनले ८ बजे नै होटल ब्यवसाय बन्द गर भन्नु अब्यवहारिक भन्दै आफुहरुले कम्तिमा १० बजेसम्म होटल सञ्चालन गर्न पाउँनु पर्ने माग गरे । कोरोनाका कारण धरासायी बनेको ब्यवसाय सञ्चालनमा नआउँदै प्रहरी प्रशासनले ८ बजे नै बन्द गर भन्नु सान्दर्भिक नभएको धारणा ब्यक्त गरे ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपानेले कोरोनाका कारण थलिएको नीजि क्षेत्रका लागि सरकारले सहयोग गर्नुको सट्टा हत्तोसाहित बनाउने काम गरेको बताए । इलाका प्रहरी कार्यालय अनारमनीसंग सहकार्य गर्दैै बिर्तामोडलाई अपराध मुक्त बनाउन आफुहरु तयार रहेको तर, जिल्ला प्रशासन कार्यालयले साँझ नपर्दै ब्यवसाय बन्द गर भन्नुले होटल क्षेत्र समस्यामा परेको उल्लेख गरे ।

उनले ब्यवसायलाई मार्यादित बनाउन आफुहरु पनि तयार रहेको र यो समयमा हुने विकृति विरुद्ध प्रहरीलाई सहयोग गर्न सबै ब्यवसायी एक भएर लाग्ने प्रतिबद्धता जनाए । त्यस्तै होटल ब्यवसायी संघ झापाका महासचिव शिव पौडेलले जिल्ला प्रशासन कार्यालयले होटल ब्यवसायीको मर्म बुझन नसकेको गुनासो गरे । उनले जिल्लामा हुने बैठकमा समेत आफुहरुलाई खबर नगरि ब्यवसायलाई नै असर पर्ने गरी गरिएको निषेधाज्ञाले आफुहरु मारमा परेको बताए ।

बिर्तामोडका होटल ब्यवसायीको कुरालाई सम्बन्धि निकायमा पु¥याउन सहयोग गर्ने इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले प्रतिबद्धता जनाएका छन् । उनले होटल ब्यवसायीले शान्ति सुरक्षा कायम राख्ने जनाएको प्रतिबद्धाको प्रशंसा गरे ।

कोरोनको संक्रमण बिर्तामोडमा बढी रहेकोले स्वास्थ्य मापदण्ड पालना गरेर ब्यवसाय सञ्चालन गर्न आग्रह गर्दै कसैले प्रहरीको नाम लिएर अनावश्यक दुःख दिए आफुलाई तत्काल जानकारी दिन अनुरोध समेत गरे । उनले चाडपर्वको समयमा प्रहरीको नाम बेचेर कसैले मादकपदार्थ माग्ने गरेका तत्काल खबर गर्न र त्यस्ता ब्यक्तिलाई कारबाहीको दायरामा ल्याउन आफु तयार रहेको उल्लेख गरे ।

हालसम्म बिर्तामोडका होटल ब्यवसायीको साथ र सहयोगकै कारण ठूला अपराध रोक्न सफल भएको बताए । होटलमा अनिर्वाय सीसी क्यामेरा जडान गर्न सुझव दिदैं प्रशासन कार्यालयको निर्णयलाई कार्यान्व्यन गरेर सहयोग गरिदिन आग्रह गरे ।

ब्यवसायीको ब्यवहारिक कठिनाइएको विषयमा आफु सहयोग गर्न तयार रहेको डीएसपी रिजालले बताए । उनले चाडपर्वको समयमा हुन सक्ने अपराध तथा जुवाजन्य खेलहरु विरुद्ध सामूहिक रुपमा हातेमालो गर्दै अघि बढ्दै बिर्तामोडलाई शान्ति र सुरक्षित स्थानको परिचय दिन सबैको प्रयास आवश्यक रहेको धारणा ब्यक्त गरे ।
कार्यक्रममा बडा दशैं, शुभदिपावली, छठ पर्व लगायतका नेपालीहरुको चाडपर्वको शुभकामना आदान–प्रदान समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here