कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

0
840

डोटी,

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गर्नुभएको छ ।

राष्ट्रिय समाचार समिति ९रासस० मार्फत मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ मनाउन सबै नागरिकलाई अनुरोध गर्नुभएको छ ।

दशैँका नाममा जताततै भीड गर्ने, हुल बाँधेर रमाइलो गर्ने जस्ता कार्य नगर्न तथा नगराउन मुख्यमन्त्री भट्टले सबै सुदूरपश्चिमेलीमा आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री भट्टले भन्नुभयो, “स्वास्थ्यभन्दा ठूलो अरु कुनै छैन, यस वर्ष ज्यान जोगाएर पर्व मनाउनुस्, अर्को वर्ष झनै रमाइलो पर्व मनाउन पाइने छ ।”

उहाँले ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्यावस्थाका व्यक्तिको विशेष ख्याल गर्न पनि सुझाव दिनुभएको छ । मुख्यमन्त्री भट्टले कोरोना संक्रमणले समग्र सुदूरपश्चिम पनि आक्रान्त बन्दै गएकाले त्यसप्रति सचेत हुन अनुरोध गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here