चीनमा अर्को आतंकः एकजना सङ्क्रमित भेटिएपछि शहरका सबै ४७ लाखको परीक्षण गरिँदै

0
588

चीन

तस्बिरको क्याप्शन,काशगार शहरका विद्यालयहरू बन्द गराइएका छन् र परीक्षणमा निगेटिभ रिपोर्ट नआएसम्म त्यहाँका बासिन्दालाई शहर छोड्ने अनुमति दिइएको छैन।

सिन्जियाङ्ग प्रान्तमा देखिएको महामारीबीच चिनियाँ सरकारले फेरि एउटा शहरका पूरै मानिसहरूमा कोरोनाभाइरसको परीक्षण गर्दैछ।

काशगार शहरमा करिब ४७ लाख मानिसहरूको परीक्षण गरिँदछ। अहिलेसम्म लक्षण नदेखिएका १३८ सङ्क्रमित फेला गरेका छन्।

सङ्क्रमणको दर घटाउन समग्रमा चीन सफल देखिएको छ। तर ससानो सङ्ख्या सङ्क्रमण फैलिने क्रम जारी छ।

सिन्जियाङ्गमा मूलतः मुस्लिम उइगर अल्पसङ्ख्यक बस्छन् जसलाई बेइजिङ्गस्थित सरकारले प्रताडित गर्ने गरेको मानव अधिकारवादी समूहहरूले आरोप लगाउने गरेका छन्।

आधिकारिक

काशगार शहरका विद्यालयहरू बन्द गराइएका छन् र परीक्षणमा निगेटिभ रिपोर्ट नआएसम्म त्यहाँका बासिन्दालाई शहर छोड्ने अनुमति दिइएको छैन।

शहरको बाहिरी भेगस्थित शुफु काउन्टीस्थित एउटा गार्मेन्ट कारखानामा काम गर्ने एक महिलामा पहिलो पटक लक्षणविनाको सङ्क्रमण देखिएको हो।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार “नियमित परीक्षण”का क्रममा ती महिला सङ्क्रमित रहेको फेला पारिएको हो।

चिनियाँ मुख्य भूभागमा विगत १० दिनयता पहिलो पटक कोरोनाभाइरस सङ्क्रमित फेला पारिएको हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ,कोरोनाभाइरस किन यति धेरै सङ्क्रामक?

त्यसपछि व्यापक स्तरमा शुरू गरिएको परीक्षणका क्रममा लक्षण नदेखिएका थप १३७ जना फेला परेका हुन्।

लक्षण नदेखिएका सङ्क्रमितहरूलाई चीनमा आधिकारिक रूपमा सङ्क्रमण पुष्टि गरिएको कुल सङ्ख्या ८५,८१० मा जोड्ने गरिएको छैन।

कोरोनाभाइरसबाट त्यहाँ हालसम्म ४,६३४ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

आइतवार अपराह्णसम्म काशगार शहरका २८ लाख मानिसको परीक्षण गरिएको छ र बाँकी रहेका मानिसहरूको दुई दिनभित्र परीक्षण सकिने अधिकारीहरूले बताएका छन्।

यसअघि अक्टोबर महिनाको शुरूतिर चिङ्गदाओ शहरका सबै ९० लाख मानिसको परीक्षण गरिएको थियो।

एक करोड १० लाख जनसङ्ख्या रहेको वुहानमा गत मे महिनामा पहिलो पटक कोरोनाभाइरस देखिएको थियो। bbc news nepali

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here