बेसहारा भुटानी शरणार्थी बालबालिकालाई दशैंमा लुगा, जुत्ता र नगद सहयोग

0
1038

दमक, 

झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर तथा शिविर आसपासको नेपाली समुदायका अभिभावकबिहीन भएका ३८ जना बालबालिकालाई दशैंमा नयाँ लुगा, जुत्ता र नगद १० हजारका दरले सहयोग वितरण गरिएको छ ।
दमक नगरपालिका ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा शनिबार एक कार्यक्रमको आयोजना गरी अशक्त, असहाय एवं अभिभावक नभएका बालबालिकालाई सहयोग वितरण गरिएको हो । बेलडाँगी शिविरमा रहेको फ्रेन्स क्लब बीआरसीको पहलमा अमेरिका, अष्टे«लियालगायत मुलुकमा पुनर्वास भएका भुटानी शरणार्थीको सहयोगमा सो सहयोग वितरण गरिएको थियो ।
दमकको बेलडा“गी र मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा ३२ जना बालबालिका अभिभावक र घरबारबिहीन छन् । उनीहरुलाई शिविरभित्रकै शरणार्थीहरुले संरक्षण दिदै आएका छन् । भुटानी शरणार्थीलाई दातृ निकायहरुले सबैखाले सहयोग कटौती गरिसकेको छ । लामो बन्दाबन्दी र कोरोना कहरका कारण शरणार्थी शिविरमा पनि खाद्यन्न संकट देखिन थालेको बेलडा“गी शिविरका सचिव कृष्णप्रसाद लिङ्देनले बताए ।
नेपालीहरुको महान चाड बडा दशैंमा अभिभावकविहीन बालबालिकाहरुले पनि नयाँ लुगा, जुत्ता लगाएर मीठो मसिनो खान पाओस भन्ने उद्देश्यले फ्रेन्स क्लबले उनीहरुको लागि सहयोगको पहल गरेको थियो । शरणार्थी शिविर बेलडा“गीका २१, पथरीका ११ र शिविर आसपासका ६ जना गरी ३८ जना अभिभावकबिहीन बालबालिकालाई दशैंको नयाँ लुगा (ट्रयाक सुट), गोल्डस्टार जुत्ता र नगद १०÷१० हजार रुपैयाँका दरले वितरण गरेको फ्रेन्स क्लबका अध्यक्ष युवराज साम्पाङ राईले जानकारी दिए ।
३८ जना बालबालिकालाई जनही १०÷१० हजार रुपैयाँ सहयोग वितरणका लागि अमेरिकामा रहेका अर्जुन सुवेदीको पहलमा नक्षत्र फाउण्डेशन तथा अमेरिकामै रहेका आईभोरी होम हेल्थ सर्भिस, इन्क होमल्याण्ड, होम केयर सर्भिस र एलएलसी फस्र्ट इम्पेरियल इन्सुरेन्स एजेन्सीले सहयोग गरेका थिए । त्यस्तै बालबालिकाको नयाँ लुगा र जुत्ताको लागि पूर्व शिविर सचिव टीकाराम रसाईलीको नेतृत्वमा अमेरिका, अष्टे«लियालगायत मुलुकमा रहेको ‘आशु पुछौं’ समूह, अमेरिकाको पेन्सिलभेनियामा रहेका मोन पौडेल र लोचन खतिवडा, त्यस्तै मंगलसिंह तामाङ, नरमाया सुब्बा राई, बीरु तामाङ, नवीना नेम्वाङ, करुणा राई, तारा विश्व, बुद्धमाया माझी, श्रीमाया तामाङ, निरमाया कार्की, बिष्णु राई, पूर्णीमाया तामाङलगायतले सहयोग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here