बाह्रदशी गाउँपालिकाभित्र खानेपानीका ६ वटा आयोजना

0
806

झापा,

झापाको बाह्रदशी गाउँपालिकाभित्र खानेपानीका ६ वटा आयोजना निर्माणाधीन अवस्थामा छन् । बाह्रदशी गाउँपालिकाका सबै नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्य अनुरुप गाउँपालिकाभित्र निर्माण भइरहेका आयोजनामध्ये वडा नम्वर ६ को साधुकुटी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले मात्रै खानेपानी बितरण शुरु गरेको छ ।

५४ करोड रुपैयाँको लागतमा झापाको बाह्रदशी गाउँपालिकामा खानेपानीका ६ आयोजना सञ्चालनमा छन् । खानेपानीका आयोजना सञ्चालनका लागि नेपाल सरकार खानेपानी मन्त्रालयसहित ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फण्ड बोर्ड)को आर्थिक सहयोगमा एउटै गाउँपालिकाभित्र ६ वटा आयोजना सञ्चालनमा आएका हुन् । जसमध्ये वाह्रदशी गाउँपालिका ६ मा रहेको साधुकुट्टी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानी बितरण शुरु गरेको बाह्रदशी गाउँपालिका वडा नम्वर ६ का वडाअध्यक्ष रत्नप्रकाश योङ्हाङ्गले बताउनुभयो ।

मधेश भित्रको पहाडका रुपमा चिनिएको वाह्रदशी गाउँपालिका ६ साधुकुट्टीमा खानेपानी आयोजनाले पानी वितरण शुरु गरेसंगै त्यस क्षेत्रका सर्वसाधारण खुशी देखिएका छन् ।

अहिले गाउँपालिकाको वडा नम्वर ५ मा तीन वटा, वडा नम्वर २ र ३ मा एक ÷ एक वटा खानेपानी आयोजना सञ्चालनमा छन् । जसमध्ये घोडामारा, नवपाञ्चायन र राजगढ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानी बितरणको तयारी थालेको छ । ट्याङ्की निर्माणको काम अन्तिम चरणमा पु¥याएकाले खानेपानी वितरणका लागि पाइप बिच्याउने काम अघि बढाइएको बताइएको छ ।
बाह्रदशी गाउँपालिका–२ जनता र बाह्रदशी गाउँपालिका ५ राजवानमा खानेपानी ट्याङ्की निर्माणको काम भइरहेको छ । गाउँपालिकामा सञ्चालित सबै आयोजना सञ्चालनमा आएसंगै गाउँपालिका भित्र बसोवास गर्ने ३९ हजार ६ सय २२ जनसंख्या प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । खानेपानी आयोजना सञ्चालनमा आएसंगै यस क्षेत्रका नागरिकले ट्युवेलको पानी उपभोग गर्नु पर्ने बाध्यता समेत हटेर जाने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here