प्रगतिशील समालोचक ढकालको निधन

0
735

 

झापा, प्रगतिशील समालोचक जयप्रसाद ढकालको आज दिउँसो निधन भएको छ ।

अर्जुनधारा ९ निवासी ढकालको ८७ वर्षको उमेरमा निधन भएको हो । उनी केही वर्षदेखि अल्जाइमर रोगले पीडित थिए ।२०१२ सालमा नेपाल प्रगतिशील लेखक संघका महासचिव भएका ढकालका तीनवटा कृति प्रकाशित छन् । साहित्य र संस्कृतिलगायतका कृति उनले सिर्जना गरेका थिए ।

प्रगतिशील विचारधाराबाट अभिप्रेरित भएर उनी कम्युनिष्ट पार्टीमा लागेका थिए । तर, त्यसमा उनी धेरै समय बसेनन् । राजनीति छोडेर पछिल्लो समय व्यवसायमा लागेका थिए । रबर खेती र रबर उद्योगमा उनी पछिल्लो समय लागेका थिए । उनी उत्कृष्ट समालोचक भएको साहित्यकार कृष्ण धरावासीले बताउँदै निधनप्रति दुख ब्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here