५ हजार बढीले सेवा लिए

0
497

काकरभिट्टा पुस २६ । विगत दुई दशक अघि देखि नियमित रुपमा family-planning--300x199_20130407 सेवा उपलब्ध गराउदै आएको झापाको कांकरभिट्टा स्थित आर्दश समाजले सन् २०१३ मा ५ हजार ८ सय ४० जनालाई परिवार नियोजन सम्बन्धि सेवा उपलब्ध गराएको छ ।

सो कार्यालयबाट सन् २०१३ मा १६ सय १० जना महिलाले ३ महिने संगीनी सुई, ४ सय १७ जना महिलाले पिल्स, २ सय २५ जना पुरुषले कण्डम सेवा लिएको कार्यालय प्रमुख युवराज पौडेलले जानकारी दिए ।

सो कार्यालयको तथ्याङक अनुसार सन् २०१३ मा २७ जना महिलाहरुले आयुसिडी, १२ जनाले नरप्लान्ट, २६५ जनाले गर्भवती जाचं सम्बन्धि सेवा लिएका थिए । त्यस्तै कार्यालयले ६५ जना महिलाहरुलाई सुरक्षीत गर्भपतका लागि अन्यत्र रेफर गरेको, ७२० जनाको सामान्य स्वाथ्य परिक्षण गरेको र २ हजार ५ सय जनालाई परार्मश सेवा उपलब्ध गराएको कार्यालय प्रमुख पौडेलले बताए ।

विसं २०१३ सालमा जिल्लाका परिवार नियोजन सम्बन्धि सेवा उपलब्ध गराउने संस्थाहरु मध्येबाट उत्कृष्ट बनेको आर्दश समाजले सन् २०१३ मा कुल ५ हजार ८ सय ४० जनालाई परिवार नियोजन सम्बन्धि विभिन्न प्रकारका सेवाहरु प्रदान गरेको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here