फार्मेसी सञ्चालकलाई करणीको आरोप

0
771

झापा ।

कानको उपचार गर्न फार्मेेसी पुगेकी एक महिलाले फार्मेसी सञ्चालकले आफूलाई जवरजस्ती करणी गरेको आरोप लगाएकी छिन् । गौरीगञ्ज गाउँपालिका–४ कदमगाछीकी एक महिलाले आफूलाई फार्मेसी सञ्चालकले जवरजस्ती करणी गरेको भन्दै प्रहरी समक्ष किटानी जाहेरी दिएकी छन् ।

गौरीगञ्ज गाउँपालिका–३स्थित गौरीगञ्ज चौक दक्षिण ताजपुरिया फार्मेसी सञ्चालन गर्दै आएका अन्दाजी वर्ष ५० का पर्शुराम ताजपुरियामाथि किटानी जाहेरी दिएकी हुन् । हाल उनी सम्पर्कविहीन छन् । उनी गौरीगञ्ज गाउँपालिका–४ कदमगाछीका बासिन्दा हुन् ।

असोज १९ गते कानको उपचार गर्न गएकी अन्दाजी ४० बर्षीय ती पीडित महिलालाई चेकजाँच गर्ने क्रममा यौनाङ्गमा हात हाली जवरजस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको छ । घटना असोज १९ गते घटे पनि इलाका प्रहरी कार्यालय गौरीगञ्जमा कात्तिक ८ गते मात्र घटना दर्ता भएको थियो ।

पीडक ताजपुरियाले त्यस्तो कुनै किसिमको ती महिलामाथि दुव्र्यवहार नगरेको भन्दै आएका थिए । मिलापत्र गर्ने भन्दै वार्ड नं. ४ मा छलफल समेत भएको थियो । इलाका प्रहरी कार्यालय गौरीगंजले अदालतबाट पक्राउ आदेश लिइसकेको छ । पीडक ताजपुरियालाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय गौरीगंजले खोजी कार्य गरिरहेको जनाएको छ । पीडित ती महिलालाई चौतर्फी रूपमा पीडक ताजपुरियासँग मिलापत्र गरी उजुरी फिर्ता लिनु भनी दबाब आइरहेको पीडित ती महिलाको परिवारले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here