कोरोना कहरमै बित्यो दशैं

0
968

अमित सग्रौला,

कोरोना कहरमै यो बर्षको दशैं सकिएको छ । विगत वर्ष झैं यो दशैंमा रौनक छाएन, घरभित्र नै सिमित रह्यो । घरदेखि बाहिर निस्केनन् । चहलपहल कम देखियो । हिँडडुल गर्नेहरु केही मात्रामा देखियो । बजारमा किनमेल गर्नेहरु यो वर्ष खासै बढेनन् ।

विगतका दशैंमा भिडभाड हुने, दशैं मेला महोत्सव लाग्ने गथ्र्यो । अहिले बिषम् परिस्थितिमा न भिडभाड देखियो, न मेला न महोत्सव गाडीहरू पनि खाली–खाली कुदेँ । दशैं आयो भन्दाभन्दै दशं सकिएको छ । अहिलेको भयावह परिस्थितिमा मान्छे बाँच्नु नै सबैभन्दा ठूलो कुरा हो । चाडबाड मनाउनुभन्दा पनि ज्यान बचाउनुतिर लागे मानिसहरु । बाँचिएछ भने अर्को वर्ष मनाउँला भन्ने मानसिकता रह्यो । दशैं आयो जस्तो पनि लागेको छैन भन्नेहरु पनि सुन्नमा आए ।

सामाजिक, सांस्कृतिक मूल्य–मान्यता रहेको पर्व, आत्मीयता जोड्ने परम्परा रहेको हिन्दूहरुको महान चाड बडादशैं हो । पिङ खेल्ने, चङ्गा उडाउने मान्यजनहरुसँग आशीर्वाद थाप्ने । जमघट गरेर शुभकामना आदानप्रदान गर्ने जस्ता परम्परा रहेको छ । कोरोना कहरको कारणले गर्दा घर–परिवारमा टीका थाप्न धेरैजसोको मानिसको घरमा आएनन् । कोरोना जताततै फैलिरहेको छ के जानु भने कतिले । पहिलाको दशैं अहिलेको दशैंमा धेरै परिवर्तन आएको छ । काम व्यस्तता जीवनशैलीले गर्दा यसमा पनि परिवर्तन आएको हो । पछिल्लो दशैं र अहिलेको दशैंलाई तुलना गर्ने हो भने ।

कोरोना भाइरस फैलिएपछि भिडभाड कम भएको छ । गाडीहरू खाली कुदिरहेका छन् । यो वर्ष आपराधिक गतिविधिहरु घटेका छन् । घरमा बसेर दशैं मनाउनेहरुको लागि राम्रो समय रह्यो । मौसमले पनि साथ दियो यो वर्ष । घरमा आफन्त मान्यजन त्यति देखिएनन्, त्यसकारण कतिलाई यो वर्षको दशैं खल्लो पनि लाग्यो । कतिले घरमै बसेर मनाएकोले परिवारसँग मात्र मनाएको रमाइलो नै भयो अनुभव सुनाएका छन् । कतिले यो भने घरमा आफन्तहरु नआइदिँदा घर पनि सुनसान हँुदोरहेछ भने । गाडीको चापले दुर्घटनाको जोखिम बढी हुने गथ्र्यो । गाडीको भिडभाड नदेखिएकोले दुर्घटना न्यूनीकरण भएको छ यो वर्ष ।

कोरोना संक्रमण अत्यधिक बढ्न थालेपछि सजगता अपनाएर घरमै रमाइलो गरेर यो वर्षको दशैं मनाए । वैदेशिक रोजगारीमा गएका धेरै युवा–युवती लकडाउनदेखि यता धेरै फर्किएका थिए । दशैं मनाउनको लागि सोचे जस्तो रमाइलो भएन यो दशैं । दशंैको चहलपहल कम भएकोले व्यापार पनि फस्टाउन सकेन यो वर्ष । हरेक वर्षको दशैंमा बलि दिने प्रथा छ । भिडभाड गर्न नहुने भएकाले मन्दिरतिर राँगा, भंैसी, खसी, बोका काटेनन् मानिसहरुले । खसी, बोका, राँगाहरुको आयातमा कमी भएकोले कतिले घिरौला फर्सी काटेर बलि दिएका थिए ।

भिडभाड नभएको कुनै अप्रिय दुर्घटना त्यति धेरै घट्न पाएन, आपराधिक घटनामा कमी आएको छ । जसले गर्दा विगतका दशैंभन्दा यस वर्षको दशैं शालीन र सभ्य दशैं हो भनेर अनुमान लगाउन सकिन्छ । अहिलेले त झन् गाउँ–गाउँमा कोरोनाको संक्रमण बढ्न थालेपछि मान्छेहरु अझ त्रसित बन्दै गइरहेका छन् । गाडी चढेर टीका थाप्न जाने अवस्था पनि थिएन । कोरोना कहरको कारणले मानिसहरुको आयआर्जन आउने स्रोत नै बन्द भएपछि पुरानै कपडा लगाएर यो वर्षको दशैं मनाएका छन् । कोरोना कहरको कारणले दशैंलाई असर ग¥यो । यो वर्षको चाडपर्व पनि उत्साह संतोषजनक भएन । अहिलेको समय दिनानुदिन बिग्रदै गाइरहेको अवस्थामा दशैं पनि ढुक्कसँग मनाउने स्थिती थिएन । आफ्नो सवारीसाधन हुनेहरु गएँ, नहुनेहरु गाडी चढेर जान मानेनन् । दशैंमा कोरोनाको संक्रमण बढ्छ कि डर पैदा गरेको थियो । बसहरु खाली कुदिरहेका देखिएका थिएँ । दशैं आए पनि आए जस्तो लागेको थिएन । यो वर्ष बचेर अर्को वर्ष आफ्नो संकृति बचाउने कतिपयले भने ।

यस्तो भयावह परिस्थितिमा आएर नेपालीहरुको महान चाड बडादशैं यो वर्ष हामीबीच बिदा लिएर गएको छ । साथमा यो महामारी पनि लिएर जाओस् । पहिलाको जस्तो सामान्य अवस्थामा फर्कन्छ आशा गरौं । कोरोना कहरले गर्दाखेरि भौतिक दूरीमा टाढा बनाए पनि हामीबीचको प्रेम, आत्मीयता भाइचारामा कमि नआओस् । कोरोना कहरमै बितेको छ यो दशैं । देशमा सुख, शान्ति, समृद्धि छाओस् । यो महामारी पनि हटेर जानेछ एकदिन । अर्को वर्ष हामी उत्साह, उमँग, खुशीका साथ दशैं मनाउनेछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here