देबीबहादुर अधिकारी खत्रीलाई पितृशोक

0
919

बिर्तामोड  । कालिञ्चोक सेक्युरीटी सर्भिस प्रालिका पूर्वाञ्चल शाखा प्रवन्धक देबीबहादुर अधिकारी खत्रीलाई पितृशोक परेको छ ।

बिर्तामोड –३ बिर्ताबजार निवासी खत्रीका पिता केशरबहादुर अधिकारी खत्रीको कात्तिक १८ गते मंगलवार ८१ वर्षको उमेरमा स्वर्गारोहण भएको हो ।

स्व.खत्रीका पाँच जना छोरा , पाँच जना छोरी , १० जना नाती ,११ जना नातीनि , एक जना पनाती र दुई जना पनातीनि रहेका छन् । खत्रीका छोराहरुमध्ये मोहनबहादुर अधिकारी खत्रीको २०५६ सालमा नै स्वर्गारोहण भइसकेको छ ।

स्व.खत्रीका छोरा –वुहारीहरुमा रामबहादुर –कृष्णमाया , देबीबहादुर–शारदा , टंकबहादुर –हरिमाया , जहरसिंह –राधिका अधिकारी खत्री रहेका छन् ।

त्यस्तै स्व.खत्रीका छोरी – ज्वाईंहरुमा उषा –हरिबहादुर न्यौपाने , कुमारी –हरि थपलिया , मायादेवी –काजी खड्का , खड्गकुमारी –खगेन्द्र कार्की , एलिसा –हेमकुमार भण्डारी रहेका छन् ।

स्व.खत्रीका छोराहरुमध्ये रामबहादुर पाथीभरा च्याउ उद्योग बिर्ताबजारका सञ्चालक , देबीबहादुर कालिञ्चोक सेक्युरीटी सर्भिस प्रालिका पूर्वाञ्चल शाखा प्रवन्धक , टंकबहादुर वैदेशिक रोजगारमा र जहरसिंह कपडा व्यवसायी रहेको बताइएको छ ।

स्व.खत्रीको बिर्तामोड –३ बिर्ताबजारमा रहेको निवासमा दशगात्र कर्म भइरहेको पारीवारिक श्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here