ताप्लेजुङमा सय शय्याको आइसोलेशन सेन्टर निर्माण गरिने

0
1203

फुङ्लिङ,

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले फुङ्लिङ नगरपालिकामा ५० शय्याको आइसोलेशन सेन्टर र प्रत्येक गाउँपालिकामा पाँच शय्याको हुने गरी जिल्लामा एक सय शय्याको आइसोलेशन सेन्टर निर्माण गर्न संसद् पूर्वाधार विकास कोष प्रयोग गर्न सकिने जानकारी दिनुभएको छ ।

जिल्ला सदरमुकाम फुङ्लिङमा आज सरकारी कार्यालय प्रमुखसँगको छलफलमा उहाँले उक्त जानकारी दिँदै ती प्रमुखलाई सरकारले दिएका जिम्मेवारी कुशलतापूर्वक लागू गर्न निर्देशन दिनुभयो ।

उहाँले जनताले दुःख नपाउने गरी छिटोछरितोरुपमा सेवा दिन आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here