करेन्ट लागेर २ जनाको मृत्यु

0
364

मोरङ,

मोरङका २ छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । शुक्रवार दिउँसो पौने ३ बजेको समयमा उर्लावारी-९ मा रहेको मावा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा स्थानीय ३५ बर्षीय बिनोद परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका परियारलाई उपचारको लागी अरनिको अस्पताल लगिएकोमा उपचारको क्रममा सवा ३ बजे मृत्यु भएको हो ।

यसैगरी मोरङकै पथरीशनिश्चरे-८ शुक्रवारेमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर सुनसरी रामधूनी – ८ का ४५ सबुरलाल चौधरीको मृत्यु भएको छ । शुक्रवार बेलुका ६ बजेको समयमा पथरीशनिश्चरे-८ का राज नारायण चौधरीको घरमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर घाईते भएका चौधरीलाई उपचारको लागी मोरङ अस्पताल पथरी पठाईएकोमा उपचारको क्रममा बेलुका साँढे ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here