माघेसंक्रान्ति नजिकिएसंगै तरुलको कारोबार बढ्यो

0
388

बिर्तामोड,पुस २८ । माघेसंक्रान्ति नजिकिएपछि झापा सहित देशभरका बजारमा तरुल र आलुस“गै स्कूसको जराको कारोबार पनि बढेको छ ।

संक्रान्तिमा तरुलस“गै स्कूसको जरा पनि उसिनेर खाने चलन भएकाले कारोबार बढेको झापा विर्तामोड स्थित कृषि थोकका एक ब्यपारीले बताएका छन् ।

अहिले तरुलको भाउ उच्च रहेको र तरुल तथा आलुको कारोबार धेरै भएको व्यवसायीले बताएका छन् । माग बढेकाले बजारमा तरुल र आलु पनि धेरै भित्रने क्रम जारी रहेको बताइएको छ । तरुलको मूल्य अहिले एक सय रुपैंया भन्दा धेरै रहेको बताइएको छ ।

झापाका अधिकांश बजारहरुमा पूर्वी पहाडी जिल्लाहरु इलाम, पाचंथर, ताप्लेजुङ लगायतका स्थानबाट आउने गरेको बताइएको छ । अहिले सबै भन्दा धेरै मूल्य वन तरुलको रहेको जनाइएको छ ।

यसैबिच ब्यपारीहरुले संक्रान्ति नजिकीए संगैं तरुलको कारोबार बढेको जनाएका छन् । झापाको कांकरभिट्टा, धुलाबारी, चारआली, विर्तामोड, सुरुङगा, दमक, भद्रपुर लगायतका स्थानमा तरुल किन्नेको भिड रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here