भाइसंग अवैध सम्बन्ध राखेको भन्दै श्रीमतीको हत्या

0
1122

सोलुखुम्बु,

सोलुखुम्बुमा भाइसँग अवैध सम्बन्ध राखेको भन्दै श्रीमान्ले श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । सोताङ गाउँपालिका–३का २९ वर्षीय होमबहादुर राईले भाइसँग अवैध सम्बन्ध रहेको चाल पाएपछि खुकुरी प्रहारबाट २८ वर्षीय श्रीमती सोमा लामाको हत्या गरेका हुन् ।

साङ्केतिक तस्बीर ।

दुवै जनाको सम्बन्ध राम्रो नभएपछि सोमा केही महिना यता माइत बस्दै आएकी थिइन् । दुवैबीच डिभोर्सको प्रक्रिया चलिरहेको अवस्थामा घटना भएको हो माइत बस्दा २७ वर्षीय नन्दराज राईसँग अवैध सम्बन्ध रहेको थाहा पाएपछि विवादको क्रममा होम बहादुरले राति नन्दराजकै घरमा पुगेर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । बुधवारसाँझ ६ बजे उनले सोमाको हत्या गरेको प्रहरीले प्रहरीले जनाएको छ । मृतककी एक छोरी समेत रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बूका इन्स्पेक्टर महेन्द्र दर्नालका अनुसार
घटनाको विषयमा प्रहरीमा जानकारी हुनसाथ हत्या आरोपमा होमबहादुर राईलाई पक्राउ गरिएको छ । हत्या गर्ने राई र नन्दराज राई नाताले दाजु भाइ हुन् । घटनाको थप अनुसन्धान भइरहेको दर्नालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here