आमाको सम्झनामा (कविता)

0
3806

 

नवीन खरेल

निद्रा छैन अब रातमा , न चैन नै छ दिनमा
कस्तो समय आइदियो हरे हाम्रो परिवारमा

लग्यो हरेर सबै खुसी अनि आनन्द क्षणभरमा
अझै रनभुल्लमा छौं हामिहरु के भयो एकैपलमा

लाग्थ्यो कति सितल छ्हारी आमा हुँँदा घरमा
हुन्थ्यो दु ःख सबै दुर संधै खुसियाली थियो घरमा

जबसम्म आशीर्बाद थियो आमाको हाम्रो शीरमा
आमा भन्ने गर्नुहुन्थ्यो सधै , धैर्य गर्नु जिबनमा

नआत्तिनु हरेक मोडमा जीवन हो जिउनु पर्छ
नगर्नु घमन्ड कहिल्यै समयले बिस्तारै सिकाउँछ

बाउ बाजेको इज्जत राख्नु , आफ्नो कृति सङ्गै
नहुनु बिचलित आइपरेमा अप्ठ्यारा समस्याहरु सबै

नहार्नु कदापी कोहिसग समय जस्तो आए पनी
बिस्तारै सबै मिल्दै जानेछ तिमी असल भएपछी

रसिला लाग्थे आमाका बचनहरु रआशीर्वाद पनि
थिए रमाइला पलहरु जब आमा हुन्थिन् साथमा अनि

तर अब सबै बिलाए हराए , अनि सबै कता गए
आमाको साथ हामीहरु माझअब अधुरै रहने भए

 

 

बिगतका दशै तिहारअनि अन्य चाडको रमझम
आमाको आशीर्वाद सदा शीरमा रहने खुसीहरु

सबै हराए आमा हजुर संगै कता बिलाएर गए
हेर्छु यता उता कतै हजुरलार्इ पाउँछु कि भनी

गाह्रो हुँँदो रैछ आमा,हजुर बिनाको हरेक पल
साह्रो पर्ने भयो आमा हजुर बिनाको हरेक क्षण

खै कहाँ जानूभयो कसरी यतिचाँडै बिलाउनु भयो
न खोजेर पाउने भैयो न रुँदा कराउँदा आउनुनै भयो ,

जाने वेलामा केही त भनेर जानू भएको भए
हामिलार्इ अझ मझबुत बन्न प्रेरणा दिनुभएको भए

केहि हदसम्म यो मन बुझ्थ्यो होला आमा
हामिहरु सम्हालिथ्यौ होला क्यार तर अब,

आमा भनेर हजुरलाई सम्झन मात्र सक्छौ आमा
आँशुका धारा हजुरलाई चडाउन मात्र सक्छौं आमा

दुई थुङ्गा फुल चडाउन मात्र सक्ने भयौ आमा
अब हजुरलाई स्पर्श गर्न सक्दैनौ आमा

हरेक पल नाम मात्र लिन सक्छौ आमा
जे जति भएनी अब स्वर्गमा बास होस् हजुरको

स्वर्गीय पिताजीसंग छिट्टै मिलन होस् हजुरको
दुबैजनासंगै बसेर हाम्रो कामलाई नियाल्नुहोस्

कतै गल्ती भैहालो भने,सपनिमा आएर हामिलार्इ
सम्झाउनु होस्, आशीर्बचन दिएर जानुहोस् ।

दिन सकिएन होला पिताजिलाई त धेरै खुसीहरु
हजुरलाई चै पक्कै केही सुम्पिएकै थियौं

अझ हजुरलाइ खुसि गर्नेमन नभएको होइन आमा
अब कसरी सुख दिने होला भनी सोच्दै थियौ

तर बिचैमा छोडेर जानूभयो, अर्कै बाटो रोज्नुभयो
भगवानलाइ पनि हजुर छिट्टै चाहियो क्यार

हामीहरुबाट हरेर सुटुक्क लानु भयो
हामिलाई टुहुरो बनाउनु भयो ,एक्लो पार्नुभयो

अब त दिन नै के सकिन्छ र आमा हजुरलाई
आँसु मिश्रीत गहकिलो मन अनि संगसंगै

सम्झनाका मुटु चुडाउने हरेक पलहरु अनि मनहरु
अब भेट पक्कै नहोला आमा तर सम्झिरहने छु

हरेक पल हरेक समय हरेक दिन र हरेक रात
बेला बेला छाती भारी भएको समयमा अनि

हिड्दा हिड्दै कतै ठेस लाग्यो भने,
केही नयाँ काम गर्ने भएं भने, कतै टाढा गएं भने
बिरामी भएं भने अनि कुनै दिन खुसी भएं भने,

हजुरका इच्छालाई अनि हरेक ती चाहनाहरु
कोसिस गर्ने छु आमा पूरा गर्न ती सपनाहरु

केवल आशीर्वाद दिनुहोस आमा अरु त म छँदैछु।
भुल गरेको भए क्षमा मागें आमा ,अब बिदा हुन्छु

आशीर्वाद सदा रहोस आमा त्यही कामना गर्छु
स्वर्गमा सुखसंग रहनुहोस् हामिलाइ हेर्दै गर्नुहोस्

भाबपुर्ण श्रद्धाञ्जली व्यक्त गर्छौं आमा हामी
हजुरको केवल सम्झनामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here