बौद्धिक अपाङ्गता भएका वालवालिकालाई इनरह्वील क्लवको न्यानो कपडा

0
876

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले झापाको कनकाई –१ जामुनवारीस्थित सुस्त मनस्थिति सरोकार समाज नेपालमा रहेका बालआवास गृहमा रहेका बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुलाई न्यानो कपडा प्रदान गरेको छ ।

 

इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु बंशल,सेक्रेटरी सम्झना भण्डारी , आइएसओ मोनिका अग्रवाल , एडीडर जुनु उप्रेती , वोर्ड मेम्वर कमला पौडेल , प्रियंका गोयललगायतले बालआवास गृहमा रहेका बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुलाई न्यानो कपडा प्रदान गरेका थिए ।

उनीहरुले आउँदै गरेको हिन्दूहरुको चाड तिहारको उपलक्ष्यमा बालआवास गृहमा रहेका बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुलाई झिरझिरे बत्तीबालेर मनोरञ्जन गराउनुका साथै मिठा– मिठा परिकारहरु खुवाएका थिए ।

 

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट वच्न बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुलाई मास्क समेत वितरण गरिएको इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु बंशलले जानकारी दिइन् ।

जाडोको मौसम शुरु भएकाले यो अवस्थामा विभिन्न भाइरसजन्य फ्लुहरुबाट बचाउन बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुलाई न्यानो कपडा प्रदान गरिएको उनले बताइन् ।

 

 

२०६८ सालमा सुस्त मनस्थिति सरोकार समाज नेपाल नामक संस्था स्थापना गरेर २०७१ सालदेखि कनकाई नगरपालिकाको कार्यालय नजिकै घर भाडामा लिएर झापा, इलाम , मोरङ , सुनसरी जिल्लाका अत्यन्तै न्यून आय भएका वा अभिभावक नै नभएर वेवारिसे अवस्थाका बौद्धिक अपाङ्गता भएका १६ जना बालबालिकाको स्याहारसुसार गरिँदै आएको सुस्त मनस्थिति सरोकार समाज नेपालकी अध्यक्ष भागिरथा चापागाईँ पोखरेलले बताइन् ।

 

उनले कोरोना कहरको यस्तो अवस्थामा पनि बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुलाई न्यानो कपडा प्रदान गरेकोमा इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनलाई धन्यवाद दिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here