भद्रपुरबाट तीन लाख २० हजार मूल्यको पटका बरामद

0
740

झापा ।

प्रहरीले झापाको भद्रपुर नगरपालिका–८ स्थित सीमा क्षेत्रबाट तीन लाख २० हजार मूल्य बराबरको आतिसबाजी (पटका) बरामद गरिएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको विभिन्न प्रकारका पटकाहरु बरामद गरेको हो ।

भारतीय बजारबाट पटका खरिद गरि सीमा क्षेत्रमा लुकाई छिपाई राखिएको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले सो परिमाणको पटकाहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले बताए ।

बरामद पटकाहरु आवश्यक अनुसन्धान तथा कानुनी कारबहाीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डीएसपी थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here