सैनिक महाविद्यालय, आयोजक डिपो र पूर्व क्षेत्रीय प्रहरी विजयी

0
365

लक्ष्मी दर्नाल
धरान,पुस ३० । डिपो उच्च माविको खेल logo-of-purwanchalमैदानमा संचालित दशौं जिल्ला स्तरीय ललित–अम्बर डिपो कप फुटवल प्रतियोगिताको आज सम्पन्न तीन खेलमा सैनिक आवासीय महाविद्यालय, आयोजक डिपो र पूर्व क्षेत्रीय प्रहरी स्कूल विजयी भएका छन् ।
पहिलो खेलमा सैनिक आवासीय महाविद्यालयले दिल्ली पव्लिक स्कूललाई  टाइव्रेकरमा ५–३ को गोल अन्तरले पराजित गरेको थियो । निर्धारित पचास मिनेटको खेलमा दुवै तर्फ १–१ गोल भएपछि दश मिनेट थप गरिएको थियो । अतिरित्त समयमा पनि गोल हुन नसके पछि खेल टाईव्रेकरमा सैनिक आवासीयका सुवोस खडका, सर्वोच्च राई, सुसल कटुवाल, अविनास कार्की र विवेक कार्कीले गोल गरेका थिए । दिल्ली पव्लिककालागि अमृत राई, अविनाश लिम्वु, नितिन शर्माले मात्र । खेलको म्यान अफ द म्याच दिल्लि पव्लिकका शुलभ राजवंशी घोषित भए ।
पहिलो हाफको २३ मिनेटमा दिल्लि पव्लिक स्कूलका नितिन शर्माले गोल गरेर टिमलाई अग्रता दिलाए पनि मध्यान्तर पछिको १९औ मिनेटमा सैनिक आवासीयका इश्वर पोख्रेलले गोल गरी खेललाई वरावरीमा पु¥याएका थिए ।
दोश्रो खेलमा आयोजक डिपो पहेलोले युनाइटेड एकेडेमिलाई टाइवे्रकरमा २–३ को गोल अन्तरले पराजित गरेको थियो । निर्धारित समयसम्म दुवै तर्फ गोल नभएपछि खेल टा्रइवेकरमा गएको थियो । दोस्रो खेलको म्यान अफ द म्याच युनाइटेड एकेडेमिको गोल किपर विजयी राई घोषित भए ।
तेस्रो खेलमा पुर्व क्षेत्रिय प्रहरी स्कुलले लिर्वटि स्कुललाई १– ० गोल अन्तरले पराजित गरेको थियो । खेलको म्यान अफ द म्याच लिर्वटि स्कूलका अनिस तामाङ्ग घोषित भए । बुधबारको खेल भिक्टोरी र वालग्राम इटहरी, सनराइज र विष्णु मेमोरीयलवीच हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here