लक्ष्मीपुर,पुस ३० । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यले लक्ष्मीपुर युवा समुहको अगुवाईमा पूर्व–पश्चिम राजमार्गको लक्ष्मीपुर चोकमा बेरियर व्यवस्थापन गरिएको छ ।
युवा समूहको आयोजना र इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारी, इलाका प्रहरी कार्यालय घैलाडुबाका प्रमुख कुलप्रसाद खत्री तथा जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक कालीदास रेग्मीको उपस्थितिमा लक्ष्मीपुर चोकमा आज मंगलबार बेरियर राखिएको हो । गएको मंसीर २९ गते लक्ष्मीपुरमा आयोजित सरोकारवालाको अन्तरक्रियाबाट ट्राफिक व्यवस्थापन गरी दुर्घटना न्युनीकरण कम गर्न बेरियर राख्ने निर्णय भए बमोजिम सो कार्य सम्पन्न भएको युवा समूहका अध्यक्ष यादव सुवेदीले जानकारी दिए ।
बेरियर निर्माणमको सम्पूर्ण खर्च समाजसेवी कृष्णबहादुर कटुवाल, युवा व्यवसायी एवं समाजसेवी नीलडेभिड कटुवाल, वीरबहादुर चौहान, कमल अधिकारी र पाथिभरा बोर्डिङ स्कूलले उपलब्ध गराएका थिए । बेरियर व्यवस्थापन कार्यक्रममा वेरियर दाताहरु, युवा समूहका दिपेन लिम्बू, प्रमोद चौधरी, टेकबहादुर बस्नेत, समाजसेवी लीलाबहादुर कटुवाल, केशवप्रसाद ओझा, दुर्गाप्रसाद पराजुली, स्थानीय व्यवसायी–व्यापारी लगायतको उपस्थिति रहेको थियो ।