सुरुङ्गा जेसीजको नेतृत्व चयन

0
568

logo-of-purwanchal
सुरुङ्गा,माघ ४ । सुरुङ्गा जेसीजको अध्यक्षमा शिव कडेल सर्वसम्मत चयन भएका छन् ।
जेसिजको सुरुङ्गामा आज सम्पन्न छैटौ वार्षिक साधारणसभा वाट वर्ष २०१४ का लागि अध्यक्षमा कडेल सर्वसम्मत चयन भएका हुन ।
समितिको कार्यकारिणी उपाध्यक्षमा भिमप्रसाद भट्टराई र सरला पोखरेल चयन भएका छन् ।
उपाध्यक्षहरुमा रामप्रसाद निरौला, डि.पि. गौतम, बालकृष्ण चेमजोङ्ग र उषा उप्रेती चयन भएका छन् भने जनसम्पर्क अधिकारीमा मान बहादुर दाहाल सर्वसम्मत चयन भएमा हुन । महासचिव लगायत कार्यसमितिका अन्य पदाधिकारीहरु पछी मनोनित गरि पद हस्तान्तरण कार्यक्रममा सार्वजानिक गरिने जनाईएको छ ।
सुरुङ्गा जेसीजका वर्ष २०१३ का अध्यक्ष जनक कार्कीको सभापतित्व एवं कार्यक्रमका प्रमुख अतिथी संस्थापक अध्यक्ष लिला चिमरियाले उद्घाटन गरेको कार्यक्रममा पूर्व अध्यक्ष, कुमारमणी पोखरेल, एल. पि.उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए । बालकृष्ण चेम्जोङ्गले आस्था वाचन, कमल कट्टेलको स्वागत र महासचिव भिम भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा महासचिव भट्टराईले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष खेमराज अधिकारीको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । नेतृत्व चयनका लागि निवर्तमान अध्यक्ष मोतिखर ओझाको संयोजकत्वमा कुमारमणी पोखरेल र एल.पि. उप्रेती सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत नेतृत्वको पहल गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here