कार्यसूचीमा आइतबार छलफल हुने

0
419

काठमाडौँ, माघ ४  । संविधानसभा सचिवालयले आइतबार संविधानसभामा प्रतिनिधित्व गर्ने ३० राजनीतिक दलसँग संविधानसभाको पहिलो बैठकको कार्यसूचीका विषयमा परामर्श गर्ने भएको छ ।

संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आइतबारका लागि परामर्श बैठकको आयोजना गरेका छन । । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले यही माघ ८  गतेका लागि संविधानसभाको पहिलो बैठक बोलाएका छन

बैठक बोलाइसकिएको सन्दर्भमा सो बैठकमा प्रस्तुत गरिने के कस्तो कार्यसूची तयार गर्ने भन्ने विषयमा राजनीतिक दलसँग आवश्यक परामर्शका लागि दललाई बोलाएर छलफल गर्न लागिएको सचिवालयका प्रवक्ता मुकुन्द शर्माले राससलाई जानकारी दिए ।  दलसँगको परामर्श बैठकपछि नै पहिलो दिनको अन्तिम कार्यसूचीको निक्र्योल हुने छ ।

logo-of-purwanchal
संविधानसभाको पहिलो बैठक बस्नुअघि सचिवालयले ज्येष्ठ सदस्य सूर्यबहादुर थापालाई राष्ट्रपति डा रामवरण यादवसमक्ष यही माघ ६ गते पद तथा गोपनीयताको सपथ गराउने तयारी गरेको छ । अन्तरिम संविधान २०६३ ले संविधानसभाको अध्यक्ष र उपाध्यक्षको चयन हुनुअघि ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता र सञ्चालन गर्ने व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य थापालाई सपथ दिलाउने व्यवस्था गरेको हो ।

यस्तै ज्येष्ठ सदस्यकै हैसियतले पूर्वप्रधानमन्त्री थापाले संविधानसभाका अन्य सदस्यलाई नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा  माघ ७ गते सपथ खुवाउने कार्यक्रम तय भइसकेको छ । त्यसका लागि सचिवालयले  नागरिकताको प्रमाणपत्र र संविधानसभा सदस्यको प्रमाण खुल्ने प्रमाणपत्रसहित उपस्थित हुन सार्वजनिक सूचना जारी गरिसकेको छ ।

स्थानीय वा मातृभाषामा सपथ लिन चाहने सभासद्ले तीन दिन पहिले नै सचिवालयलाई जानकारी गराउनसमेत आग्रह गरिसकिएको छ । एक युगमा एक पटक हुने भनिए पनि करिब छ वर्षको अन्तरालमा गठित संविधानसभामा ३० राजनीतिक दलको सहभागिता छ । गत मङ्सिर ४ गते सम्पन्न संविधानसभामा प्रत्यक्षतर्फ १३० र समानुपातिकतर्फ १२२ दलले भाग लिएका थिए ।

सो निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत ११ राजनीतिक दलले संविधानसभामा प्रवेश पाएका छन् । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीबाट १९ गरी कुल ३० राजनीतिक दल यस पटकको संविधानसभामा प्रतिनिधित्व गर्दैछन् ।

प्रत्यक्षतर्फ १०५ र समानुपातिकतर्फ ९१ स्थान प्राप्त गरेको नेपाली काँग्रेसले ठूलोे दलका रुपमा संविधानसभामा १९६ स्थानका साथ प्रवेश गर्ने छ । यस्तै प्रत्यक्ष निर्वाचन प्रणालीमा ९१ र समानुपातिकमा ८४ स्थान प्राप्त गर्ने दोस्रो ठूलो दलका रुपमा  नेकपा९एमाले०का  १७५ सभासद्ले संविधानसभामा प्रतिनिधित्व गर्ने छन् ।

प्रत्यक्ष निर्वाचन प्रणालीमा २६ स्थानमा विजय हासिल गरेको एकीकृत नेकपा९माओवादी०का   समानुपतिकतर्फ ५४ सभासद्सहित ८० जना नवनिर्वाचित सभासद्लाई लिएर संविधानसभामा तेस्रो ठूलो दलका रुपमा सहभागी हुने छ ।

प्रत्यक्षतर्फ कुनै पनि स्थानमा विजय हासिल गर्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल समानुपातिकतर्फका २४ सभासद्सहित चौथो शक्तिका साथ संविधानसभामा सहभागिता जनाउँदै छ । यस्तै मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक० प्रत्यक्षतर्फको ४ स्थान र समानुपातिकतर्फको १० स्थान गरी १४ स्थानका साथ संविधानसभामा पाँचौँ शक्तिका रुपमा पुग्दैछ  ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रत्यक्षतर्फका तीन र समानुपातिकतर्फका १० गरी १३ स्थानका साथ छैटौंँ शक्तिका रुपमा संविधानसभाको बैठकमा  आफूलाई उभ्याउने छ ।

तराई–मधेस लोकतान्त्रिक पार्टी प्रत्यक्षतर्फका चार र समानुपातिकतर्फका सात  गरी ११ स्थानका साथ सातौँ तथा फोरम नेपाल  प्रत्यक्षतर्फका दुई  र समानुपातिकतर्फका आठ गरी कुल १० स्थानका साथ आठौं शक्तिका रुपमा संविधानसभामा भूमिका निर्वाह गर्ने छन् ।

यस्तै सद्भावना पार्टी प्रत्यक्षतर्फ एक सिटका र समानुपातिकतर्फका पाँच  सभासद् गरी छ सभासद्का साथ नवौंँ तथा नेकपा९माले० र सङ्घीय समाजवादी पार्टीले पाँच पाँच स्थानमा विजय हासिल गरी दशौँ शक्तिका रुपमा आफूलाई प्रस्तुत गर्ने छन् ।

नेपाल मजदुर किसान पार्टीको प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ तीनसहित चार, तराई मधेस सद्भावना पार्टीले नेपाल प्रत्यक्षतर्फको एक र समानुपातिक तर्फका दुई सभासद्सहित तीन सभासद्का साथ संविधानसभामा पुगेर संविधान लेखनलाई प्राथमिताका साथ अघि बढाउने विश्वास गरिएको छ ।

राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा९संयुक्त०र राष्ट्रिय मधेस समाजवादी पार्टीका तीन तीन, नेपाल परिवार दल,  राष्ट्रिय जनमुक्ति पार्टी, दलित जनजाति पार्टी र  थरुहट तराई पार्टीका दुई दुई सभासद्ले समेत संविधानसभामा पुगेर नयाँ संविधान लेखनको जिम्मेवारी सम्हाल्दैछन् ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च९थरुहट०, समाजवादी जनता पार्टी, नेपाली जनता दल, फोरम९गणतान्त्रिक०, नेपाः राष्ट्रिय पार्टी, सङ्घीय सद्भावना पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, अखण्ड नेपाल पार्टी, जनजागरण पार्टी नेपाल, मधेस समता पार्टी नेपालले संविधानसभाको निर्वाचनमा  एक एक स्थान प्राप्त गरी संविधानसभामा सहभागी हुने अवसर प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्र दुई सभासद्ले पनि यस पटकको संविधानसभामा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।

अपूर्ण संविधानसभा
निर्वाचन आयोगले प्रत्यक्षतर्फका २४०  र समानुपातिकतर्फका ३३५ गरी कुल ५७५ जनाको संविधानसभामा सहभागिता हुने सभासद्को अन्तिम नतिजा प्रकाशन गरे पनि मन्त्रिपरिषद्बाट मनोनयन हुने सदस्यको चयन बाँकी नै छ ।

कुल ६०१ सदस्य सङ्ख्या रहेको संविधानसभामा मनोनयन हुन बाँकी २६ का अतिरिक्त प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार जनाले दुई दुई स्थानबाट  विजय हासिल गरेकाले रिक्त हुने चार स्थानका लागि पुनः निर्वाचन नभएसम्म संविधानसभाले पूर्णता भने प्राप्त गर्ने छैन ।

नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष विश्वकान्त मैनालीले २६ सदस्य मनोनयन नगरिए पनि संविधानसभाको बैठक बोलाउन सकिने बताउँदै त्यस सम्बन्धमा कानुनी रुपमा कुनै बाधा आउँदैन भन्नुभयो । वरिष्ठ अधिवक्ता मैनालीले भन्नुभयो– निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फका कुल ५७५ स्थानको मात्रै नतिजा प्रकाशन गर्न  पाउने तथा २६ का हकमा नयाँ जनादेशप्राप्त  सरकारले मात्रै मनोनयन गर्न पाउँछ, वर्तमान सरकारले पाउँदैन । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here