वेभ डेभलोप्मेण्ट कम्पनीको उद्दघाटन

४ माघ २०७०, शनिबार मा प्रकाशित

इन्द्र श्रेष्ठ logo-of-purwanchal
विर्तामोड,माघ ४ । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच क्रिष्टल सफटवेर एण्ड वेभ डेभलोप्मेण्ट कम्पनीको उद्दघाटन गरिएको छ ।

क्यान झापाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दिपेश पाठकले कम्पनीको बिधिवत रुपमा उद्दघाटन गरे । सूचना र प्रबिधिको क्षेत्रमा विगत १० महिना देखि बिर्तामोडमा सञ्चालित यस सफटवेयर निर्माण कम्पनीको आज औपचारिक उद्दघाटन गरिएको हो।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य गोविन्द लम्साल , निभा कलेजका सञ्चालक सन्देश मल्ल, देवभुमी विधापिठका सञ्चालक सुमन शर्मा, आई आई एच टी झापाका लक्ष्मीकान्त खनाल लगायतले सूचना प्रविधिको महत्व तथा सफटवेयर निर्माणका चुनौतिका बिंषयमा आ आपmनो धारणा राखे ।
यसैबीच सोही कम्पनीले निर्माण गरेको विधालय लक्षित स्कूल म्यानेजर सफटवेयर को कार्यक्रममा प्रर्दशनी समेत गरिएको थियो ।
झापाका विभिन्न स्कूलका प्रधानाध्यापक तथा आई टी शिक्षकहरुको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता कम्पनीका प्रमुख रोशन बुढाथोकीले गरेका थिए  भने सञ्चालन दिलीप राजवंशीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here