विदेशी काठ रोक, स्थानीयलाई प्रोत्साहन गर

0
1292

अमित खम्बू

झापा, विदेशी काठ आयातमा कडाइ गर्दै स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउनु पर्ने, सरकारले पारिवारिक निजी वनलाई प्रोत्साहित गर्दै आर्थिक विकासका लागि अनुदानको व्यवस्था मिलाउन पारिवारिक निजी वन संघ नेपाल (एफोन) ले सरकारसँग माग गरेको छ ।

एफोनले सोमबार अर्जुनधारा नगरपालिकामा नगरस्तरीय कार्यक्रमको आयोजना गर्दै आफ्नो आवादीमा हुर्काइएका वनबाट उत्पादित काठजन्य सामग्री तथा जडीबुटीजन्य उत्पादनको ओसारपसारमा रहेको झञ्झटिलो नीतिगत अवरोध अन्त्य गर्दै किसानको आर्थिक समृद्धिका लागि नीतिगत सहजीकरणको व्यवस्था मिलाउन समेत माग गरेको छ । योसँगै पारिवारिक निजी वन संघ नेपालले सरकारसँग विभिन्न २१बुँदे माग अघि सारेको छ ।

आफ्ना मागका विषयमा सरकार गम्भीर बन्नुपर्ने धारणा राख्दै संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पाठकले निजी वनहरु वडा कार्यालयमा नै दर्ता हुनुपर्ने, उत्पादन भएका काठजन्य सामग्री बिक्रीका लागि वडाले नै सिफारिस दिनु पर्ने, उत्पादित काठले कृषि सामग्री सरहको मान्यता पाउनु पर्ने, विमाको व्यवस्था हुनुपर्ने, विभिन्न प्रविधि भित्र्याएर उद्योग स्थापना गर्दै काठजन्य सामग्री उत्पादन र बजारीकरणको व्यवस्था मिलाउन सरकारले सहयोग गर्नु पर्ने धारणा राखेका छन् । उनले पारिवारिक वनका लागि अहिले बनेको नियमावली बाधक रहेकाले त्यसलाई संशोधन गर्न समेत माग गरेका छन् । अहिलेको नियमावलीले निजी वन लगाउने किसानका लागि नीति नै झञ्झटिलो भएकाले त्यसलाई संशोधन गर्दै वडा कार्यालयबाट नै सेवाग्राहीले सेवा पाउनुपर्ने धारणा राखे ।

पारिवारिक निजी वन संघ झापाका सदस्य मानबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा झापामा निजी वन विस्तार भइरहेको र निजी वनप्रति किसान उत्साहित भएकाले उनीहरुलाई राज्यले नै संरक्षण गर्दै वन र वातावरणको संरक्षणका क्षेत्रमा सहयोग पु¥याउनुपर्ने कार्यक्रमका सहभागीले जोड दिएका थिए । निजी वनको दिगो व्यवस्थापन र समृद्ध नेपाल निर्माणका लागि अधिकारसहितको वन पैदावारमा आत्मनिर्भर बनाउँदै आर्थिक समृद्धिको अभियान सञ्चालन गर्ने उद्देश्यले २०७१ सालमा स्थापना भएको पारिवारिक निजी वन संघ नेपालले अहिले झापाका १५ वटै स्थानीय तहमा वन क्षेत्र विस्तार गर्दै आएको छ । विदेशी … झापामा पारिवारिक निजी वनको सदस्यमा ५ सय ६० जना रहेको संघले हालसम्म विभिन्न प्रजातिका पाँच लाख विरुवा वितरण गरेको बताइएको छ । त्यस्तै वन सम्बन्धी कृषकहरुलाई तालिम समेत दिँदै आएको छ ।

२०७५ सालमा गौरादह नगरपालिका र बाह्रदशी गाउँपालिकामा पारिवारिक निजी वनको संगठन विस्तार गरेको संघले अर्जुनधारा नगरपालिकामा समेत संगठन विस्तार गरेको छ । यो आर्थिक वर्षभित्र सबै पालिकामा संगठन विस्तार गर्ने उद्देश्य अनुरुप अर्जुनधारामा बावुराम पौडेलको अध्यक्षतामा ११ सदस्यीय समित गठन भएको हो ।

समितिको उापध्यक्षमा ताराप्रसाद बराल, सचिव नरेन्द्रदेव इङ्नाम, सहसचिवमा मित्रबहादुर खड्का र कोषाध्यक्षमा कलामाया बस्नेत चयन भएका छन् । सदस्यहरुमा गोमा महत, दीपक दुलाल, दिलबहादुर तामाङ, नरेन्द्र चापागाँई, लता भट्टराई र श्री भट्टराई रहेका छन् । अर्जुनधारा नगरपालिका–३का वडाध्यक्ष जीवकुमार भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघकी कोषाध्यक्ष विन्दा रेग्मी, नगर सामुदायिक वन महासंघका अध्यक्ष दिव्यप्रसाद कट्टेललगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन संघका सदस्य प्रसाद गुरागाँईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here