सदुपयोग भएन मैसम मापन यन्त्र

0
745

web-tauko
दमक,माघ ५ । दमक बहुमुखी क्याम्पसमा आठ महिना अघि स्थापना गरेको मौसम मापन गर्ने यन्त्रको सही सदुपयोग हुन नसकेको क्याम्पसका बिद्यार्थीले बताएका छन् ।
क्यारीटास नेपालको सहयोगमा स्थपना गरिएको आधुनिक मौसम मापन यन्त्रको उच्तम् प्रयोग गर्न सकिने भएपनि त्यो नभएको बताईएको छ । दमक बहुमुखी क्याम्पसका सहायक प्रमुख डिल्ली भटट्टराईले जुन रुपमा प्रयोग गर्नु पर्ने हो त्यो रुपमा प्रयोग हुन नसकेको स्वीकारेका छन । । क्याम्पसका बिद्यार्थीहरुले अध्ययन र अवलोकन गर्न पाए पनि सामाजिक रुपमा यसको सदुपयोग गर्न सकिने भएपनि त्यो भने गर्न नसकिएको उनले जनाए ।

दमक वहुमुखी क्याम्पसका बिज्ञान संकायका प्राध्यापक रत्नबहादुर कट्वालले वातवरण बिज्ञानका बिद्यार्थीहरुका लागि यो बहुउपयोगी भएको र यसको सुदुपयोग समाजमा समेत गर्न सकिने बताए । स्थानीय सञ्चारमाध्यमहरुमा दैनिक रुपमा मौसमको बिषयमा जानकारी गराउन सकिने भएपनि अहिले त्यो गर्न नसकिएको समेत उनले जनाएका छन् ।

यस मौसम मापन यन्त्रले हावाको गति, हावाको बहावको दिशा, बर्षा, सापेक्षित आद्रता लगायतका मापन गर्ने उहाँले जानकारी दिए । यसले स्थानीयहरुलाई अड्कालबाजीबाट टाढा राख्ने, अन्य क्याम्पसका बिद्यार्थीहरुका लागि अध्यन स्थल बन्ने र धेरै फाईदा पुग्न सक्ने समेत कट्वालले बताए । पूर्वका कूनै पनि क्याम्पसहरुमा यस्तो मौसम मापन यन्त्र नभएको पनि उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here