सेवा विस्तारमा आयसर ट्याक्टर

0
849

बिर्तामोड,माघ ५ । कृषि मimagesजदुरको अभाव र परम्परागत प्रविधिबाट खेती गर्दा हैरानी खेपिरहेका किसानले विकल्प खोजी गर्ने क्रममा ट्याक्टरलाई वढी रुचाएको द हवी अटो टे«डिङ्ग प्रा.(लि)का अध्यक्ष उमेश नारायण मानन्धरले वताएका छन् ।
झापाको विर्तामोड स्थित द हवी अटो टे«डिङ्ग प्रा.(लि) को शाखा कार्यालयमा आयोजित कार्यक्रममा वोल्दै उनले नेपालमा दिनानु दिन ट्याक्टरको प्रयोग वढ्दै गएको वताए । नेपालको सहरदेखि ग्रामीण क्षेत्रसम्म नै दिन प्रतिदिन ट्याक्टरको मग वढ्दै गएको र द हवीले विगत २० वर्षदेखि किसानको रोजाइलाई मध्यनजर गर्दै आयसर ट्याक्टर विक्री गर्दै आएको उनको भनाई छ । आयसरले मेची अञ्चलमा मात्रै ६ सय वढी किसानलाई फाइनान्सको व्यवस्था सहित ट्याक्टर विक्री वितरण गरेको वताउदै उनले भने– किसानलाई थप सेवा दिन  मेचीमा अत्युधुनिक सुविधा सहित विर्तामोडवाट माघ ७ गते नयाँ सो रुमको उद्घाटन गर्दैछै  ।’
५५ वर्ष अघिदेखि भारतको भोपालमा टाफे मोटर्स एण्ड ट्रयाक्टर्सले आयसर ट्याक्टर उत्पादन गर्ने गरेको जानकारी गराउदै भारतमा उत्पादित १८ व्रान्डका ट्याक्टरमध्ये आयसर नेपालमा चौथो नम्वरमा पर्ने गरेतापनि पछिल्लो समय यसको माग वढेको मानन्धरको भनाई छ । पूर्वमा झापाको विर्तामोड,दमक र इलाममा शाखा कार्यालय संचालनमा रहेपनि अत्याधुनिक सेवाका साथ विर्तामोडमा भने सेवा विस्तार सहित सोरुमको उद्घाटन गरिने कार्यक्रममा जानकारी गराइएको छ । सो रुमको उद्घाटन टाफे मोटर्स एण्ड ट्रयाक्टर्स (लि)का भाइस प्रेसिडेन्ट मार्केटिङ्ग साजीके पाल र झापाका स्थानीय विकास अधिकारी लालमणी ओझाले संयुक्त रुपमा गर्ने वताइएको छ । कार्यक्रममा प्रां(लि)का क्षेत्रीय प्रवन्धक प्रकाश कोइराला, जेनेरल मेनेजर पुष्प अमात्यले नेपालमा राष्ट्रवैंको पोलिसी अनुसार कृषकलाई ट्याक्टर आयतमा भन्सारमा समेत छुट दिइएकाले सरल र सहजै सवैको पुहुँचमा ट्याक्टर पुग्न सकेको वताए । आठ देखि १५ लाख सम्म यसको मूल्य रहेको र उत्कृष्ठ विक्री तथा किसानलाई सेवा गरेवापत गत वर्ष टाफे मोटर्सद्धारा अन्तराष्ट्रिय सम्मान समेत प्रप्त गर्न सफल भएको कार्यक्रममा प्रालिका अध्यक्ष मानन्धरले जताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here