देशैभरीका अस्पताल ठप्प सकारद्धारा निर्णय उल्ट्याउन त्रिविलाई निर्देशन

0
628

logo-of-purwanchal

काठमाडौं,माघ ५ । सरकारले आज दिउ“सोसम्ममा पनि माग पूरा नगरेपछि चिकित्सकहरुले झापा सहित देशभरका अस्पतालमा आकस्मिक बाहेकका उपचारसेवा ठप्प पारेका छन् ।

त्रिभुवन विश्वविद्यालय शिÔण अस्पतालमा आमरण अनसन बसेका डा गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउ“दै नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलनको घोÈणा गरेको हो । यो घोÈणास“गै बिरामीमा अन्योल बढेको छ ।

शिÔण अस्पताल महाराजगंजमा एक हप्तादेखि नै सेवा प्रभावित हु“दै आएको छ । डा केसीको मागप्रति समर्थन जनाउ“दै आवासीय र एमबीबीएस डाक्टरहरुले काम नगर्दा बिरामी प्रत्यÔ मर्कामा परेका हुन् । सीमित स“ख्यामा रहेका विशेÈज्ञ डाक्टरले मात्र सेवालाई निरन्तरता दिएका छन ।

उपचारको लागि आउने सबै बिरामीलाई आफूहरुले जा“च्न नभ्याएको चिकित्सक शिÔक संघका अध्यÔ डा रामेश्वर पोखरेलले बताउनुभयो । भर्ना भएका विरामीले आफूहरुलाई डाक्टरले नहेरेको बताएका छन् । हड्ताल छ भन्दै नहेरेका कारण कतिपय बिरामी आफै अस्पताल छोडेका छन् ।

अस्पतालले जबजरस्ती डिस्चार्ज गरेको बिवरामीको गुनासो छ । सरकारले विश्वविद्यालयले आन्तरिक रुपमा व्यवस्थापन गरी माग सम्बोधन गर्ने भएकाले स्वास्थ्य सेवा बन्द नगर्न चिकित्सकहरुस“ग आग्रह गरेको छ । ९ दिनदेखि आमरणअनसनमा बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

यसैबीच देशभरको अस्पताल ठप्प भएपछि शिÔा मन्त्री तथा त्रिविका सह–कुलपति माधव पौडेलले त्रिवि शिÔण्ँ अस्पताल महाराजगञ्जमा डिन शशि शर्माको नियुक्ति तुरुन्त उल्टाउन निर्देशन दिनुभएको छ । आज बिहान मन्त्रिपरिÈद अध्यÔ खिलराज रेग्मीस“गको छलफलपछि उहांले उक्त निर्देशन दिनुभएको हो । सहकुलपतिको हैसियतले त्रिवि पदाधिकारीहरुलाई शर्माको नियुक्ति तुरुन्त उल्टाउन लिखित निर्देशन दिएको मन्त्रि पौडेलले जानकारी दिनुभयो ।

अनसनमा रहेका डा गोविन्द केसीको स्वास्थ्यस्थितिलाई ध्यानमा राख्दै आफुले यस्तो निर्देशन दिएको उहांको भनाई छ । केसीको स्वास्थ्य गम्भीर हु“दै गएपछि नेपाल चिकित्सक संघले आह्रवान गरेको बन्दका कारण देशभरका स्वास्थ्य संस्था ठप्प भएपछि शिÔामन्त्री डिन नियुक्ति उल्ट्याउने निष्कर्Èमा पुग्नुभएको हो ।

यसैबीच मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीको जारी अनशनका कारण स्वास्थ्य संस्थाहरुमा उत्पन्न समस्या समाधान गर्न अत्यन्त संवेदनशीलताका साथ क्रियाशील रहनुभएको उनको सचिवालयले जनाएको छ ।

समस्या सिर्जना गर्न मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीको हात र परोक्ष भूमिका रहेको भन्ने नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अञ्जनीकुमार झाको भनाइ उद्धृत गरी विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यमबाट प्रकाशित तथा प्रसारित समाचारको मन्त्रिपरिषद्का अध्यक्षको सचिवालयले खण्डन गर्दै शिक्षण अस्पतालको चिकित्साशास्त्र अध्ययन संस्थानका डीन नियुक्तिका विषयमा उत्पन्न विवाद र समस्या यथाशक्य समाधान गरी स्वास्थ्य सेवा सुचारु रुपमा सञ्चालन गराउने कार्यमा अध्यक्ष रेग्मीले अत्यन्त संवेदनशीलताका साथ क्रियाशील रहनुभएको जनाएको छ ।

अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा समस्या समाधानका लागि उहाँले विगत केही दिनदेखि मन्त्रीहरु, उपकुलपति, शिक्षाध्यक्ष, सचिव तथा शिक्षण अस्पतालका सम्बन्धित पदाधिकारीहरुसँग गम्भीर छलफल जारी राख्नुभएको अवस्थामा सो अध्ययन संस्थानको डीन नियुक्ति गर्ने कार्यमा मन्त्रिपरिषद्का अध्यक्षको भूमिका रहेको भन्ने आशयको धारणा सार्वजनिक हुनु अध्यक्षको मर्यादा र प्रतिष्ठामा आँच पु¥याउने उद्देश्यबाट निर्देशित रहेको दाबी गरिएको छ ।

यसैबिच नेकपा एमालेले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालमा देखिएको विवादलाई वार्ता र संवादको माध्यमबाट समाधान निकाल्न आग्रह गरेको छ ।  एमालेको केन्द्रीय स्वास्थ्य तथा जनसङ्ख्या विभागको आज बसेको बैठकले सो संस्थानमा पटकपटक किन उही प्रकारका समस्या देखापर्ने गर्छ भन्नेबारेमा दीर्घकालीन समाधान खोजिनुपर्नेमा जोड दिएको छ ।

वार्ता र समाधानका लागि सरकार र सम्बन्धित निकायलाई एमालेले आग्रह गरेको छ । बैठकपछि विभागका प्रमुख योगेश भट्टराईले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा अनशनमा रहनुभएका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति र उहाँका मागलाई ध्यानमा राखेर उपयुक्त समाधान निकाली उहाँको जीवनरक्षा गर्न माग गरिएको छ । भट्टराईले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा जनतालाई असर पर्ने गरी बन्द हड्तालका कार्यक्रम नगर्न पनि अपिल गर्नुभएको छ ।

स्वास्थ्य सेवा जस्तो अति सम्वेदनशिल क्षेत्रमा आम अडताल गरेर चिकित्सकहरुले बिरामीको जीवनमाथि खेलबाड गरेको भन्दै सर्वत्र निन्दा गरीएको छ भने सरकार स्वास्थ्यकर्मीको माग प्रति उदासिन भएको भन्दै चर्को आलोचना गरीएको छ ।

यसैबिच डा गोविन्द केसीको आमरण्ँ अनसनपछि उत्पन्न समस्या समाधानको विÈयमा छलफल गर्न मन्त्री परिÈदका अध्यÔ खिलराज रेग्मीले बोलाएको बैठकमा त्रिवि शिÔण्ँ अस्पतालका डिन डा शशी शर्माले आफू प्रक्रियाबाट आएकोले कसैले माग्दैमा राजिनामा नदिने स्पष्ट पार्नुभएको छ ।

बैठकमा अध्यÔ रेग्मीले मलाई अप्ठ्यारो पर्यो, कसरी यो समस्या समाधान गर्ने होला भनि राखेको जिज्ञासामा डा शर्माले आफूलाई अहिलेकै मन्त्री परिÈदले प्रक्रिया पुरा गरेर नियूक्त गरेको र यसरी ब्यक्तिले राजिनामा माग्दैमा दिदै जाने हो भने अस्पतालको परम्परा नै विग्रने भन्दै दवावको भरमा कुनै पनि हालतमा राजिनामा नदिने स्पष्ट पार्नुभएको स्रोतले बताएको छ ।

बैठकमा अध्यÔ रेग्मी र डा शर्मा सहित शिÔा मन्त्री माधव प्रसाद पौडेल, त्रिविका उपकुलपति हिराकाजी महर्जन, रजिष्टार र रेक्टर गुण्ँनीधि न्यौपाने सहितका पदाधिकारीहरु उपस्थित रहेको थियो ।

यसैबिच सरकारले समस्या समाधान गर्न चासो देखाएपछि आन्दोलन फिर्ता लिने सवालमा चिकित्सकहरु केहि लचिलो भएका छन् । आमरण्ँ अनसनमा बसेका डा गोविन्द केसीको माग प्रति ऐक्यबद्धता प्रकट गर्दै आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र सरकारवीचको वार्ता सकारात्मक भएको र थप छलफल गरेर टुङगोमा पुग्ने बताइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here